FIA Motor Sports Game मा नेपाली टिमले पहिलो पटक सहभागिता जनाउने

मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ फेडरेसन डेल अटोमोबाइल्स (एफआईए) द्वारा फ्रान्सको मार्सेली सहरमा ओलम्पिक र्फम्याटमा आयोजना हुने FIA Motorsport Games 2022 मा नेपाली टिमले पहिलो पटक सहभागिता जनाउने भएको छ ।

मोटर स्पोर्ट्सका राष्ट्रिय खेलाडी अनिल कुमार बराल, जिस्वाँ तुलाधार तथा दिप्रश शाक्यले नासा नेपालको तर्फबाट सो प्रतियोगितामा क्रमशः अटो स्लालम र कार्टिङ स्प्रिन्ट सिनियर विधामा सहभागी हुदैछन । यही अक्टोबर २६ बाट ३१ सम्म हुने सो वर्ल्ड इभेन्टमा १७ भन्दा बढी बिधाहरु (डिसप्लिन) समावेश गरिएको छ भने विश्व भरीका नेसनल एथलेटहरु सहभागी हँुदैछन । यसलाई मोटर स्पोर्ट्सको संसारमा वर्ल्ड कप सरहको रुपमा हेरिन्छ ।

विश्वमा नै सबै भन्दा बढी रुचाइएको मोटर स्पोट्स गेम एक साहासिक खेल हो, जसमा नेपाली खेलाडीहरुको उपस्थिति मात्रले नै राष्ट्रको नाम र झण्डा उच्च रहने छ । खेलाडीहरुसँग कुरा गर्दा उनीहरुको आत्मबल र राष्ट्रिय झण्डा विश्व सामु फहराउँने अभियानको व्याख्या सुन्दा राष्ट्रप्रेममा खेलाडीहरु समर्पित रहेको आभास हुन्छ ।

संसारमै अत्यन्तै लोकप्रिय भनिएको मोटर स्पोर्ट्स नेपालमा भने ढेड दशक अगाडिबाट संस्थागत शुरुवात भएको हो । विश्वमै यसका दुइ दर्जन ज्यादा अन्तराष्ट्रिय प्रतिस्पर्धा भैरहेको अवस्थामा झन्डै झन्डै ओलम्पिक फम्यार्टमा भने केही वर्ष अगाडि मात्र मोटर स्पोर्ट्स गेम्सको शुरुवात भएको हो । अन्य प्रतियोगितामा गाडीको ब्रान्डिङ्ग, कर्पोरेट सहभागिता, ड्राइभर्स र टिमको ब्रान्डिङ्ग जस्ता विषयलाई मुख्य आधार मानिन्छ भने यसमा सहभागी देश र झन्डा देशको नाममा ड्राइभर्स र टिमको ब्रान्डिङ्ग तथा राष्ट्रिय टिम र खेलाडीको सहभागिता मुख्य आधार हो ।

सहभागी ३ जना खेलाडीले नै थुप्रै राष्ट्रिय प्रतियोगिता तथा एसिया प्यासिफिक तहको अटो जिमखाना तथा कार्ट्समा सहभागिता जनाएको रेकर्ड छ । यदुराज लामिछाने र सृजना बराल अफिसियल रहेको नेपाली टिमको सहभागिताको लागि रजिष्ट्रेसन, इक्विपमेन्ट्स तथा हवाई भाडा र बसोबास तथा अन्य प्रबन्धको लागि अनुमानित ३२ लाख रुपैयाँ खर्च लाग्ने छ । यो टोलीको अफिसियल नेतृत्व कार्यक्रम संयोजन यदुराज लामिछानेलाई बनाइएको छ । यही अक्टोबर २६ बाट ३१ सम्ममा चल्ने यो खेल विश्व भरी विभिन्न सञ्चार माध्यमहरु मार्फत प्रत्यक्ष प्रसारण हेर्न सकिने नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का अध्यक्ष दशरथ रिसालले बताए ।

सम्बन्धित समाचारहरू

सुरक्षित हेलमेट सम्बन्धी अन्तरक्रिया सम्पन्न

सुरक्षित हेलमेट सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र संचारिका समूहको...

शनिबार सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरीय कार्यक्रम लेखनाथमा हुने

शनिबार सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरीय कार्यक्रम लेखनाथमा हुने

पोखरा – सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरीय कार्यक्रम गण्डकी प्रदेशको...

सुरक्षित हेल्मेट तथा मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया सम्पन्न

सुरक्षित हेल्मेट तथा मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया सम्पन्न

काठमाडौं – नेपालमा पहिलो पटक मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...