कतार विश्वकपलाई इभीमय बनाउने हुन्डाईको योजना

हुन्डाईले कतारमा हुन गैरहेको आगामी विश्वकपमा आधिकारिक सवारी साधनको ५० प्रतिशत विद्युतीकरण गर्ने लक्ष्य राखेको छ । विश्वकपका लागि उसले उपलब्ध गराउने ४४६ यात्रु वाहक गाडीमध्ये आधाभन्दा बढी पूर्णतया विद्युतीय वा हाइब्रिड बनाउन लागेको हो । उक्त कार्यक्रमलाई इभीमय बनाउनु आफ्नो प्रमुख लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

उक्त प्रतियोगितामा हुन्डाइले १० वटा इलेक सिटी इलेक्ट्रिक वस र अन्य थुप्रै संख्यामा सोनाटा, टुसान र कोना हाइव्रिड कारलाई समेत प्रयोगमा ल्याउनेछ । यसको अतिरिक्त आयोनिक ५ समेत रहनेछ भने फिफाको वरिष्ठ पदाधिकारीका लागी जेनेसिस जी८० र जिभी ७० इभी जस्ता विलासी कार समेत तयार पार्ने कम्पनीले योजना वनाएको छ ।

यो सबै सम्भव बनाउन कठिन भएपनि यथार्थमा उतार्न हुन्डाईले एक समर्पित संस्था बनाउने तयारी गरिरहेको जनाइएको छ । यी कारलाई चार्ज गर्न फिफाले १०० देखी १५० किलोवाट आवर क्षमताको चार्जर कार्यक्रम स्थालको पार्किङमा जडान गरिदिने बताएको छ ।

विश्वकप फुटवल आगामी नोभेम्वर २० देखी डिसेम्वर १८ सम्म कतारमा हुन गैरहेको छ । उक्त प्रतियोगितामा बिभिन्न अटोमोवाइल कम्पनीहरुले सहकार्य गरेका छन् । जसमध्ये हुन्डाई प्रमुख हिस्सेदारका रुपमा रहेको छ ।

सम्बन्धित समाचारहरू

सवारी उद्योगमा लोकप्रिय बन्दै ओटीए प्रविधि

सवारी उद्योगमा लोकप्रिय बन्दै ओटीए प्रविधि

विश्व अटोमोबाइल उद्योग तीव्र रुपमा सफ्टवेयरद्वारा संचालित सवारी साधन...

इलेक्ट्रिक कारमा प्रयोग हुने एसी र डीसी चार्जरमा कुन राम्रो ?

इलेक्ट्रिक कारमा प्रयोग हुने एसी र डीसी चार्जरमा कुन राम्रो ?

कुनै पनि इलेक्ट्रिक कारमा ब्याट्री र चार्जिङ धेरै महत्वपूर्ण हुन्छ ।...

सेरेस ३ नेपालमा, यस्ता छन् बहुप्रतीक्षित ‘सेरेस ३’ का विशेषताहरु

सेरेस ३ नेपालमा, यस्ता छन् बहुप्रतीक्षित ‘सेरेस ३’ का विशेषताहरु

एमएडब्लु वृद्धि अटोकर्पले नेपालमा विश्वव्यापी रुपमा प्रशंसा पाएको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...