३ मिनेटमा रिफिल भई १ हजार किमीसम्म रेन्ज दिने नयाँ हाइड्रोजन ईभी सार्वजनिक

पेरिस मोटर शोमा विश्वभरका कार कम्पनीहरूले नयाँ सवारी साधन निरन्तर सार्वजनिक गरिरहेका छन् । उक्त शोमा होपियम मशिना नामको हाइड्रोजन इलेक्ट्रिक कार पनि प्रदर्शनमा राखिएको छ । भविष्यको टेक्नोलोजी जोडिएको सो कारले सबैको ध्यानाकर्षण गरिएको छ ।

होपियम मशिना लक्जरी सेडान कार जस्तै हो । यो पूर्णतया हाइड्रोजन र इलेक्ट्रिक कार हो । आकर्षक डिजाइन भएको सो कारको अगाडि एलईडी डीआरएल र लाइट दिइएको छ ।

कारको इन्टेरियर पनि एक्सटेरियर जस्तै आकर्षक डिजाइन गरिएको छ । कारको इन्टेरियरको थिम ब्ल्याक राखिएको छ ।

यो कारमा ५०० एचपीको शक्तिशाली मोटर जडान गरिएको छ । सो हाइड्रोजन इलेक्ट्रिक कार २३० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा चलाउन सकिन्छ । यसलाई ५ सेकेन्डमा ० बाट १०० किलोमिटरसम्म लैजान सकिन्छ ।

सो कारको सबैभन्दा ठूलो विशेषता भनेको यसमा हाइड्रोजन रिफिल गर्न ३ मिनेट मात्र लाग्छ । त्यसपछि यसले १ हजार किलोमिटरको रेन्ज दिन्छ । कारमा इलेक्ट्रिसिटी स्टोरको लागि हाइड्रोजनको साथै साना ब्याट्री पनि राखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कम्पनीले यसको बुकिङ पनि सुरु गरिसकेको छ । सो कारको लागि ६५ हजार ६०० युरोमा बुक गर्न सकिन्छ । सो कारको मूल्य १ लाख १८ हजार १३४ युरो तोकिएको छ । कार बुक गरेर रद्द गर्नु परेमा कम्पनीले कुनै पनि शुल्क नलिई सम्पूर्ण बुकिङ रकम फिर्ता गर्नेछ ।

मिडिया रिपोर्टका अनुसार यसको डेलिभरी सन् २०२५ देखि सुरु हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

ओला इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गर्ने, २०२४ मा पहिलो इलेक्ट्रिक कार लन्च गर्ने सम्भावना

ओला इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गर्ने, २०२४ मा पहिलो इलेक्ट्रिक कार लन्च गर्ने सम्भावना

इलेक्ट्रिक स्कुटरको सफलता पछि ओलाले अब इलेक्ट्रिक कार पनि लन्च गर्ने भएको...

अभिनेत्री एलिजा गौतमले किनिन् अफरोडर अल–इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स, गरियो हस्तान्तरण

अभिनेत्री एलिजा गौतमले किनिन् अफरोडर अल–इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स, गरियो हस्तान्तरण

काठमाडौं – नेपालमा ओमोडा एन्ड जेइको ईभीको आधिकारिक वितरक एसपीजी...

कोरला नाकाबाट भित्रिए १,१९४ विद्युतीय कार

कोरला नाकाबाट भित्रिए १,१९४ विद्युतीय कार

काठमाडौं – नेपाल-चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...