थप १२ स्थानमा एमजीले डिसी चार्जर राख्ने, तत्कालका लागी यी ५ स्थानमा उपलब्ध

एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले देशका थप १२ स्थानमा डिसी चार्जर राख्ने भएको छ । ३० मिनेट भित्र ८० प्रतिशतसम्म चार्ज गर्न मिल्ने गरी कम्पनीले एमजी सर्भिस सेन्टर ललितपुर, इटहरी, विर्तामोड, वर्दिवास, विरगंज, पोखरा, हेटौडा, नौविसे, नेपालगन्ज, लमही, धनगढी र गाइघाटमा ३० किलोवाट क्षमताको चार्जिङ स्टेशन राख्न लागेको हो ।

कम्पनीको हाल मुलकोट, चितवन, कुरिनटार, वुटवल र ढल्केवरमा डिसी चार्जिङ स्टेशन रहेका छन् । एमजीले हाल जेडएस इभीको फेसलिफ्ट मोडल आयत गरी विक्री गर्दै आइरहेको छ । यो इभी नेपाल भित्रिएको तीन वर्षमा कम्पनीले राम्रो संख्यामा बिक्री समेत गर्दै आइरहेको छ । बिक्री अनुरुप चार्जिङ स्टेशन नेटवर्क विस्तारमा ध्यान दिन नसकेको भन्दै ग्राहकले वारम्वार कम्पनीमाथी असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् ।

चालु आर्थिक वर्षको बजेट अगाडीसम्म निकै राम्रो संख्यामा विक्री हुँदै आइरहेको जेडएस इभीको बिक्री बजेटमा भारी मात्राले भन्सार र अन्तशूल्क बृद्धि भएपछि प्रभावित वनिरहेको छ । यसका वावजुत पारामाउन्ट मोटर्सले केही दिन अघिमात्र जेडएस इभीको लङ रेन्ज ल्याउने भन्दै वुकिङ खुल्ला गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...