वर्दिवासमा भएको माइलेज च्यालेन्जमा यामाहा रे जेडआरले दियो ७३.०३ किलोमिटर सम्मको माइलेज

यामाहा नेपालको वार्दिवासस्थित शोरुमले हालसालै आयोजना गरेको माइलेज च्यालेन्जमा रे जेडआर १२५ एफआई स्कुटरले ७३.०३ किलोमिटरसम्मको माइलेज दिएको छ । प्रतिस्पर्धाका रुपमा आयोजना गरिएको उक्त च्यालेन्जमा सर्मिला लामा सवार यो स्कुटरले प्रतिलटर पेट्रोलको खपतमा यति धेरै माइलेज प्रदान गरेको हो । उक्त प्रतिस्पर्धाको उनी विजेता वनेकी छिन् ।

यसैगरी फस्र्ट रनर अप नारायण काफ्लेले ७० किलोमिटर र सेकेन्ड रनर अप कोषराज उपाध्ययले ६७.६३ किलोमिटरको माइलेज प्राप्त गरे । उक्त माइलेज च्यालेन्जमा १५ भन्दा बढी राइडरले सहभागिता जनाएका थिए । बिजेतालाई शोरुमका तर्फबाट प्रमाणपत्र र आकर्षक उपहार समेत प्रदान गरिएको थियो ।

यामाहा टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक एमएडव्लु इन्टरप्राइजेजले रे जेडआर १२५ एफआई स्कुटरलाई लक्षित गरी देशव्यापी माइलेज च्यालेन्ज आयोजना गर्दै आइरहेको छ । यसरी आयोजना हँुदै आइरहेको च्यालेन्जमा यो स्कुटरले ७० किलोमिटर बढी माइलेज प्रदान गर्दै आइरहेको छ ।

१२५ सिसी सेग्मेन्टका स्कुटरमा सर्बाधिक माइलेज प्रदान गरेपछि अहिले यो स्कुटर ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको छ । स्कुटरको मूल्य २ लाख ६५ हजारदेखी २ लाख ९२ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

देशभरका सर्भिस सेन्टरमा विशेष अफर सहितको यामाहा मेगा सर्भिस क्याम्प

देशभरका सर्भिस सेन्टरमा विशेष अफर सहितको यामाहा मेगा सर्भिस क्याम्प

काठमाडौं – यामाहा नेपालले देशभरका सबै यामाहा सर्भिस सेन्टरहरूमा यामाहा...

एफआई प्रविधीका २ लाख बढी यामाहा वाइक नेपाली सडकमा

एफआई प्रविधीका २ लाख बढी यामाहा वाइक नेपाली सडकमा

नेपालमा यामाहाको फ्युल इन्जेक्सन(एफआई) प्रविधी जडित मोटरसाइकल तथा...

३० वर्षपछि बजारमा फर्किँदै यामाहाको ‘आइकनिक’ बाइक आरएक्स १००

३० वर्षपछि बजारमा फर्किँदै यामाहाको ‘आइकनिक’ बाइक आरएक्स १००

यामाहा आरएक्स १०० मोटरसाइकल पुनः फर्किने तयारी गरिरहेको छ, जसमा आधुनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...