भारतमै एसेम्वल भयो भल्भोको पहिलो इलेक्ट्रिक एसयूभी एक्ससी४० रिचार्ज, रेन्ज ४०० किलोमिटर

भल्भो कार इण्डियाले गत जुलाई महिनामा लन्च गरेकोे पहिलो इलेक्ट्रिक एसयूभी एक्ससी४० रिचार्ज लाई भारतमै एसेम्वल गरेको छ । जसलाई भारतीय बजारमा आज लन्च गरिएको छ । यो एसयूभीलाई भारतीय बजारमा ५५ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको थियो । जुन लन्च भएको केही घन्टाभित्रै एक सय ५० युनिट वुक भएको थियो ।

यो एसयूभीमा भल्भोले ७८ किलोवाट आवर क्षमताको ठूलो व्याट्री प्याक जडान गरेको छ । एकपटक फूल चार्ज गर्दा ४०० किलोमिटर कुद्ने दावी गरिएको यो एसयूभी सेग्मेन्टकै सर्वाधिक पावरफुल समेत मानिन्छ । यसको अधिकतम पावर ४०८ एचपी र टर्क ६६० एनएम रहेको छ ।

प्रतिघन्टा १८० किलोमिटर सम्मको गतिमा हाँक्न सकिने यो कारले मोटर चल्न थालेको शून्यदेखी ५ सेकेन्ड भित्र १०० किलोमिटरको गति पकड्न सक्ने दावी गरिएको छ । हाल बजारमा उपलब्ध यहि सेग्मेन्टका अन्य इलेक्ट्रिक एसयूभीको तुलनामा एक्ससी ४० रिचार्ज सर्वाधिक तेज गतिमा कुद्न सक्ने एसयूभी समेत रहेको जनाइएको छ ।

यो एसयूभीको प्रतिस्पर्धीका रुपमा किया इभी६, ज्यागुअर आई–पेस र मर्सिडिज इक्यूसी रहेका छन् । स्विडिस अटो निर्माता भल्भोले भारतीय बजारमा अन्य इलेक्ट्रिक कारलाई समेत क्रमबद्ध रुपमा लन्च गर्दै जाने जनाएको छ ।

सम्बन्धित समाचारहरू

लुम्बिनीमा खुल्यो सोलार प्यानल जडित नेपालकै ठूलो र पहिलो चार्जिङ स्टेशन

लुम्बिनीमा खुल्यो सोलार प्यानल जडित नेपालकै ठूलो र पहिलो चार्जिङ स्टेशन

लुम्बिनीको भैरहवामा सोलार प्यानल जडित नेपालकै ठूलो र पहिलो चार्जिङ स्टेशन...

५१० किलोमिटर रेन्ज दिने वुलिङको नयाँ इलेक्ट्रिक कम्प्याक्ट सेडान, यस्ता छन् फिचर

५१० किलोमिटर रेन्ज दिने वुलिङको नयाँ इलेक्ट्रिक कम्प्याक्ट सेडान, यस्ता छन् फिचर

चिनियाँ ईभी निर्माता वुलिङले नयाँ इलेक्ट्रिक कार स्टारलाइट लन्च गरेको छ ।...

जेएसडब्ल्यू एमजीको नयाँ इलेक्ट्रिक कारले २४ घण्टामै पायाे ८ हजार बुकिङ

जेएसडब्ल्यू एमजीको नयाँ इलेक्ट्रिक कारले २४ घण्टामै पायाे ८ हजार बुकिङ

जेएसडब्ल्यू एमजीले हालै लन्च गरेको नयाँ इलेक्ट्रिक कार विन्डसर प्रोले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...