नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान

सांकेतिक तस्बिर

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान भएको छ । हाल रहेको पुरानो पुलको आडैमा सिग्नेचर पुल बनाउने गरी ठेक्का आह्वान भएको हो । सडक विभागको पुल शाखाले डिजाइन एण्ड बिल्डको मोडलमा सिग्नेचर पुल बनाउने गरी आज ठेक्का आह्वान गरेको हो ।

बहुप्रतिक्षित सिग्नेचर पुल निर्माणको लागि ठेक्का आह्वान भएपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बधाई दिएकी छन् ।

नारायणी नदीको पुल निकै पुरानो भइसकेको छ । अहिलेको पुलमा ठूलो दुर्घटना हुनसक्ने भन्दै नयाँ पुल निर्माणका लागि पटकपटक नगरिक स्तरबाट दबाब दिँदै आइएको थियो ।

पुलको कुल लम्बाइ ४०० मिटर र चौडाइ चार लेनको हुनेछ । उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ ।

विसं २०३६ सालमा बनेको २ लेनको नारायणी पुलको दुवैतर्फ होचो रेलिङसहितको फुटपाथसमेत छ । हालको पुलको आयु करिब ७० वर्ष हुने प्राविधिकहरूले बताए पनि यसमा हुने ट्राफिक चाप र सवारीको ओजनलाई हेर्दा पुल जीर्ण बन्दै गएको देखिन्छ ।

सम्बन्धित समाचारहरू

सवारी साधनको इन्जिन ओभरहिटिङ : यस्तो छ ५ कारण र रोकथामका उपाय

सवारी साधनको इन्जिन ओभरहिटिङ : यस्तो छ ५ कारण र रोकथामका उपाय

इन्जिन ओभरहिटिङ एक सामान्य समस्या हो जसले सवारी साधनलाई असर गर्छ, र यदि...

प्रमोद कुमार भन्छन् – हेभी कमर्सियल भेइकलका लागि मकास नम्बर वान कम्पनी हो ।

प्रमोद कुमार भन्छन् – हेभी कमर्सियल भेइकलका लागि मकास नम्बर वान कम्पनी हो ।

प्रमोद कुमार केही समय पहिले काठमाडौंमा सम्पन्न ‘मकास मेकानिक्स मिट’ मा...

लकडाउन टिप्स : बाइकको चेनलाई यसरी राखौ सफा

लकडाउन टिप्स : बाइकको चेनलाई यसरी राखौ सफा

लकडाउन वा निषेधाज्ञाको समयमा बाइकलाई धेरैले घरैमा थन्क्याएर राख्ने गरेका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...