सार्वजनिक भयो यस्तो माइक्रो ईभी

जर्मन ब्रान्ड ई.गो (e.Go) ले २०२२ पेरिस मोटर शोमा माइक्रो इलेक्ट्रिक कार ई.वेभ एक्स (e.Wave X) लन्च गरेको छ । कम्पनीको दोस्रो प्रोडक्सन मोडल र ई.गो लाइफको क्रसओभर भेरिएन्ट ई.वेभ एक्स ३.४१ मिटर लामो छ । यसमा ३ ढोका र ४ सिट छ भने यसमा भएको ८६ किलोवाट ब्याट्रीले ११० बीएचपी पावर जेनेरेट गर्छ ।

यसले २४० किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्ने बताइएको छ भने यसमा त्यही अनुसार अपडेट गरिएको मोटर प्रयोग गरिएको छ ।

ई.वेभ एक्समा २३ इन्च प्यानल सहितको फुल्ली रिडिजाइन गरिएको ड्यासबोर्ड छ भने यसमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र इन्फोटेनमेन्ट टचस्क्रिन रहेको छ । यसको तलतिर सर्टकट हार्ड बटन छ भने भेगन लेदर अपहोल्स्ट्री, आल्मुनियम स्टाइल प्लास्टिक ट्रिम र वायरलेस चार्जिङ प्याड लगायतका विभिन्न फिचर छन् ।

चार सिटे सो ईभी रियर ह्विल ड्राइभयुक्त छ, जसमा इको, कम्फर्ट र स्पोर्ट गरी तीन ड्राइभ मोड रहेका छन् ।

सो गाडी सन् २०२२ को अन्त्य सम्ममा ग्राहकलाई डेलिभरी गरिने बताइएको छ । यसको मूल्य २४ हजार ९९० युरोबाट प्रारम्भ हुन्छ ।

सम्बन्धित समाचारहरू

भिनफास्टको विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि

भिनफास्टको विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि

भियतनामी कार निर्माता कम्पनी ‘भिनफास्ट’ ले सन् २०२४ मा अघिल्लो वर्षको...

बीवाईडीले टर्कीमा नयाँ प्लान्ट बनाउने, १ अर्ब डलर लगानी गर्ने

बीवाईडीले टर्कीमा नयाँ प्लान्ट बनाउने, १ अर्ब डलर लगानी गर्ने

चाइनिज इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले टर्कीमा नयाँ प्लान्ट...

दुई वर्षको छोराले चलाए टेस्ला कार, आमाले हालिन् मुद्दा

दुई वर्षको छोराले चलाए टेस्ला कार, आमाले हालिन् मुद्दा

क्यालिफोर्नियामा बस्ने म्यालोरी हार्कोर्टका महिलाले टेस्ला कम्पनी माथि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...