कुशाक र टाइगुनले नयाँ नियम अनुसारको क्रयास टेस्टमा पाए फाइभ सेफ्टी स्टार रेटिङ

स्कोडा कुशाक र फक्सवागन टाइगन दुबै मिड साइज एसयूभी हुन् । दुबै मोडलको ग्लोबल एनसीएपी क्रयास टेस्ट रेटिङ सार्वजनिक भएको छ । दुबै मोडलले ५ स्टार सेफ्टी रेटिङ पाएका छन् ।

सो दुबै मोडल फक्सवागन ग्रुपको एमक्युबी एओ आईएन प्लेटफर्ममा निर्माण गरिएको हो । जसका कारण दुबैले समान सेफ्टी रेटिङ प्राप्त गरेका हुन् । दुवै मोडलले वयस्क सेफ्टीमा ३४ मध्ये २९.६४ र बाल सेफ्टीमा ४९ मध्ये ४२ अंक प्राप्त गरेका छन् । सो मोडेलहरूमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल स्यान्डर्डको रूपमा प्रदान गरिएको छ ।

साइडबाट हुने टक्करमा भने सामान्य पाइएको छ । फ्रन्ट र साइड इफेक्टमा बच्चाहरूको सेफ्टीको लागि पूर्ण रूपमा सुरक्षित भएको पाइयो । दुबै मोडलले चालक र यात्रुको टाउको र घाँटीमा राम्रो सपोर्ट प्रदान गरेको छ भने चालकको छातीमा पर्याप्त सपोर्ट पाएको छ । दुबै एसयूभीमा पछाडिको सिटमा आइसोफिक्स प्वाइन्ट दिइएको छ, जसका कारण यो सुरक्षित रहेको पाइएको छ ।

दुबै एसयूभीका २ वटा एयरब्यागसहितको बेस मोडल र साइड पोल इम्प्याक्ट टेस्टको लागि ६ वटा एयरब्यागसहितको मोडलको टेस्ट गरिएको थियो । दुबै मोडलमा एडजस्टेबल हेडरेस्टसहित ३ पोइन्ट सिट बेल्ट, फ्रन्टको सिटका लागि सिट–बेल्ट रिमाइन्डर, ६ वटा एयरब्याग, रोल ओभर सेफ्टी र बच्चाको लागि आइसोफिक्स जस्ता फिचर समावेश गरिएको छ ।

साथै दुबै एसयूभीमा हिल होल्ड कन्ट्रोल, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक डिफरन्सियल लक सिस्टम, मल्टि–कोलिजन ब्रेकिङ, ब्रेक डिस्क वाइपिङ, क्यामेरासहितको रियर पार्किङ सेन्सर र साइड इफेक्ट प्रोटेक्शन बीम समावेश गरिएको छ ।

जीएनसीएपीले क्रयास टेस्टका लागि नयाँ नियम ल्याएको छ जसले इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल अनिवार्य बनाएको छ । सो फिचर सबै भेरिएन्टमा स्ट्यान्डर्ड बनाइएको छ । पैदल यात्रुको सेफ्टीका लागि नयाँ स्तर, पोल साइड इफेक्ट र सिट बेल्ट रिमाइन्डर प्वाइन्ट थपिएको छ ।

सम्बन्धित समाचारहरू

मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी

मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी

कार बजारमा मध्यम वर्गीय ग्राहकहरुको संख्या ठुलो छ, जसले राम्रो डिजाइन,...

एमएडब्लु अर्थमुभर्स बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर

एमएडब्लु अर्थमुभर्स बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर

काठमाडौं – नेपालको नम्बर १ कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड...

अब मादक पदार्थ सेवन गरी ड्राइभिङ सिटमा बस्दा तुरुन्तै बज्ने छ अलार्म

अब मादक पदार्थ सेवन गरी ड्राइभिङ सिटमा बस्दा तुरुन्तै बज्ने छ अलार्म

मदिरा सेवन गरी सवारी चलाउनु सडक दुर्घटनाको प्रमुख कारण हो । जसका कारण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...