लङ रेन्ज एमजी जेडएस ईभीको खुल्यो फेरि बुकिङ : पहिले भन्दा मूल्य कति फरक ?

काठमाडौं – नेपाली बजारमा फेरि एमजी जेडएस ईभीको लङ रेन्ज भर्सन पाउन सकिने भएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सो गाडीको बुकिङ खुला गरेको बताएको छ ।

पहिले पनि गत वर्षको फागुन महिनामा यसको दुई भर्सन स्ट्यान्डर्ड र लङ रेन्ज भर्सन सार्वजनिक गरिएको थियो । त्यतिबेला यसको मूल्य क्रमशः ५१ लाख ९९ हजार र ५९ लाख ९९ हजार रुपैयाँ थियो ।

पछि २०७९ साउन देखि शुरु भएको आर्थिक वर्षको बजेटमार्फत १०० किलोवाट भन्दा बढी क्षमताका इलेक्ट्रिक सवारीको कर बढाइए पछि पारामाउन्ट मोटर्सले पहिले बुकिङ गरेका ग्राहकलाई समेत गाडी उपलब्ध गराउन सकेको थिएन । बजेटका कारण बढेको करका कारण फेरि बुकिङ खुलेको थिएन ।

अहिले भने लङ रेन्ज भर्सनको मूल्य ८१ लाख ९९ हजार तोकेर बुकिङ खुला गरिएको हो । बजेटकै कारण एउटै गाडीको मूल्यमा २२ लाख रुपैयाँले वृद्धि भएको छ ।

२०२२ एमजी जेडएस ईभीमा ७२.६ किलोवाट ब्याट्री हुनेछ, जसको रेन्ज ४४० किलोमिटर हुनेछ । सो गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ ।

एमजी जेडएस ईभी २०२२ को इन्टेरियर र एक्सटेरियरमा नयाँ डेकोरेसन र अपडेट गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । यसका साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन रहेको छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेलल्याम्प आदि छन् ।

यो गाडीमा एमजी पाइलट नाम दिइएको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम रहेकोले निकै नै सुरक्षित मानिएको छ । यसमा १३० एचपीको पावर र २८० एनएमको टर्क भएको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर रहेको छ ।

यो गाडी ८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छ । एमजीको ग्लोबल डिजाइन भएको यो गाडीमा पानोरामिक सनरुफ, १७ इन्चको डायमन्ड कट अलोय ह्विल र २.५ को पीएम फिल्टर लगायतका धेरै सुविधा रहेका छन् ।

एमजी जेडएस ईभी २०२२ मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, हिल डिसेन्ट कन्ट्रोल, अल ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, अडेप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामेरा जस्ता विभिन्न फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

अब सीएफमोटो र जिहोमा २४ महिना सम्मको सरल र सहज फाइनान्स सुविधा

अब सीएफमोटो र जिहोमा २४ महिना सम्मको सरल र सहज फाइनान्स सुविधा

काठमाडौं – नेपालका लागि सीएफमोटो र जिहोको आधिकारिक वितरक ऋषि ट्रेड...

१० दिनपछि विक्री शुरु हुँदै अर्को नयाँ इलेक्ट्रिक सिटी कार, मूल्य २२ लाख ५० हजार

१० दिनपछि विक्री शुरु हुँदै अर्को नयाँ इलेक्ट्रिक सिटी कार, मूल्य २२ लाख ५० हजार

नेपाली अटो बजारमा अर्को नयाँ मिनी इलेक्ट्रिक कारको विक्री शुरु हुने भएको छ...

नेपालमा लन्च तयारीमा रहेको प्रोटोन इमास ७ ले मलेसियामा हासिल ग-यो १००० डेलिभरी माइलस्टोन

नेपालमा लन्च तयारीमा रहेको प्रोटोन इमास ७ ले मलेसियामा हासिल ग-यो १००० डेलिभरी माइलस्टोन

मलेसियामा हालै लन्च भएको ईभी प्रोटोन इमास ७ ले १ हजार युनिट डेलिभरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...