कथा : जय बिजुली गाडी
ऊफ !! अब १७ प्रतिशतमात्र ब्याट्रीको चार्ज बाँकी छ, काठमाडौसम्म पुग्न ३४ किमी...
अमेरिकाको पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूले विद्युतीय सवारीको ब्याट्री डिजाइनमा एउटा महत्त्वपूर्ण सफलता प्रस्तुत गरेका छन् जसले सामान्य ईभी ब्याट्रीलाई १० मिनेटमै चार्ज गर्न सक्षम हुनेछ ।
फास्ट चार्जिङ प्रविधिका कारण इलेक्ट्रिक गाडीहरुमा हुने ब्याट्रीको क्षमता समेत १५० देखि ५० किलोवाट आवरले घटाउन सक्षम हुनेछ र यसले ड्राइभरहरुका लागि हुने रेन्जको चिन्ताबाट समेत मुक्त गर्नेछ । साना तथा फास्ट चार्जिङ प्रविधिका ब्याट्रीले यसमा लाग्ने मूल्य समेत नाटकिय रुपमा घटाउने छ भने यसमा प्रयोग हुने कोबाल्ट, ग्राफाइट र लिथियम जस्ता कच्चा पदार्थको प्रयोगलाई समेत घटाउने छ ।
यसको अध्ययनमा संलग्न लिड अथोर चाओ–याङ वाङले हाल यस्ता ब्याट्री बजारमा ल्याउनु आवश्यक भइसकेको र यसैका लागि अध्ययन केन्द्रीत भएको बताए ।
हाल प्रयोगमा रहेको ब्याट्रीको उपयुक्त तापक्रम कायम गर्नु सबैभन्दा बढी चुनौती भएको वाङ बताउछन् । हाल विभिन्न प्रकारको हिटिङ र कुलिङ सिस्टम मार्फत बाह्य रुपमा ब्याट्रीको तापक्रम सामान्य अवस्थामा राख्ने गरिन्छ । तर वाङको समूहले एनोड, इलेक्ट्रोलाइट र क्याथोड भन्दा अर्को कम्पोनेन्टको रुपमा अल्ट्राथिन निकेल फोइलको प्रयोग गरे, जसले ब्याट्रीको तापक्रम र अन्य प्रतिक्रियालाई रेगुलेट गर्ने काम गर्छ । यसबाट ईभी ब्याट्रीलाई १० मिनेट फास्ट चार्जिङ गराउन सक्षम हुन्छ ।
स्टडी पार्टनरको रुपमा रहेको ईसी पावरले हाल यसको उत्पादन र व्यावसायिक सञ्चालन वारेमा अध्ययन गरिरहेको छ । यसबाट भविष्यमा भेइकल इलेक्ट्रिफिकेसन थप अफोर्डेबल र सस्टेनेबल हुने अनुमान गरिएको छ ।
ऊफ !! अब १७ प्रतिशतमात्र ब्याट्रीको चार्ज बाँकी छ, काठमाडौसम्म पुग्न ३४ किमी...
काठमाडौं – बजेटमा घटाइएको करका कारण नेपाली बजारमा उपलब्ध टेस्लाका...
भियतनामी ईभी निर्माता भीनफास्टले भारतमा भीएफ–३ इलेक्ट्रिक मिनी–एसयुभीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...