निसान म्याग्नाइटमा नयाँ अफर : १ वर्षको निःशुल्क इन्धन र अन्य धेरै सुविधा
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प...
निसान मोटर इन्डियाले लगातार सातौं पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग गठबन्धनको घोषणा गरेको छ । सो कार अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा हुने आईसीसी टी२० विश्वकप २०२२ को आधिकारिक प्रायोजक हुनेछ । साथै निसान म्याग्नाइट एसयूभीलाई यस कार्यक्रमको अफिसियल कारको रूपमा समावेश गरिनेछ ।
निसान इन्डियाले यस अवधिमा आईसीसी टी२० विश्वकप २०२२ भर्चुअल ट्रफि टुरको प्रचार गर्नेछ, जसले प्रशंसकलाई कार्यक्रमको आधिकारिक फेसबुक र इन्स्टाग्राम पेजमा थ्रीडी अगमेन्टेड रियालिटी फिल्टर मार्फत भर्चुअल्ली एक्सेस गर्न सुविधा हुनेछ ।
डिसेम्बर २०२० मा लन्च गरिएको निसान म्याग्नाइट एसयूभीको प्रारम्भिक मूल्य ५ लाख ९७ हजार भारु छ । निसान म्याग्नाइटले ग्राहकहरुबाट हालसम्म १ लाख भन्दा बढी बुकिङ प्राप्त गरिसकेको छ । जुलाई २०२२ मा, निसानले “निसान म्याग्नाइट रेड एडिसन“ ७ लाख ८६ हजार भारु मूल्यमा भारतमा लन्च गरेको थियो ।
नेपाली बजारमा पनि निसान म्याग्नाइट लोकप्रिय कार मानिन्छ । नेपालमा पायोनियर मोटोकर्पले निसान म्याग्नाइट बिक्री–वितरण गरिरहेको छ ।
निसान म्याग्नाइट विश्वका १५ भन्दा बढी देशहरूमा लन्च गरिएको छ । पछिल्लो समय नेपालका साथै भुटान र बंगलादेशमा पनि लन्च गरिएको थियो । सन् २०१० देखि हालसम्म निसानले १०८ देशहरूमा सवारी साधन निर्यात गरिसकेको छ ।
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प...
कम मूल्यको एसयूभीका रुपमा चर्चा कमाइरहेको निसान म्याग्नाइटलाई चुनौती...
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्प...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...