सोनी र होन्डा मिलेर बजारमा प्रिमियम ईभी ल्याउने

सोनी ग्रुप कर्प र होन्डा मोटरको संयुक्त साझेदारीमा सन् २०२६ सम्ममा आफ्नो पहिलो इलेक्ट्रिक कार सार्वजनिक गर्ने योजना छ । रिपोर्टका अनुसार सोनी होन्डा मोबिलिटीका इलेक्ट्रिक कार अमेरिका र युरोपमा अनलाइन मार्फत बिक्री गरिने छ ।

सोनी र होन्डाले यस वर्षको जुनमा सोनी होन्डा मोबिलिटी गठन गर्न साझेदारी गरेका थिए । सोनी दशकौंदेखि उपभोक्ता इलेक्ट्रोनिक्स स्पेसमा प्रमुख खेलाडीको रुपमा रहेको छ भने होन्डासँग विशेषज्ञता रहेको छ । तसर्थ, यी २ कम्पनीको साझेदारीले ईभी क्षेत्रमा फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

सोनी होन्डा मोबिलिटीको आगामी इलेक्ट्रिक गाडी प्रिमियम ईभी सेग्मेन्टमा ल्याइनेछ । जसको मतलब यो उपभोगको लागि महँगो हुनेछ । तर लक्जरी कारको तुलनामा कम मूल्य हुने सम्भावना छ ।

सोनीलाई सो ईभीमा सफ्टवेयर सिस्टम जडान गर्ने जिम्मा दिइएको छ । सोनी कम्पनी क्लाउडमा आधारित सेवा र इन–क्याबिन इन्टरटेनमेन्ट विकल्पको लागि जिम्मेवार हुनेछ । साथै यो लेभल ३ अटोनोमस ड्राइभ क्षमताको लागि धेरै सेन्सरहरूसँग सुसज्जित हुनेछ ।

होन्डाले कुन प्लेटफर्म प्रयोग गर्ने भन्ने निर्णय गर्ने र उत्पादन पनि गर्नेछ । कम्पनीले ईभी सेग्मेन्टमा आफ्ना प्रतिद्वन्दीहरूसँग प्रतिस्पर्धा गर्न लागि तयारी हुन विभिन्न उपायहरु अपनाउनेछ ।

सम्बन्धित समाचारहरू

एमजी जेडएस ईभीको लोकप्रियता : भारतमा १० हजार युनिट बिक्री, नेपालमा २ महिनामै ५ सय बुकिङ

एमजी जेडएस ईभीको लोकप्रियता : भारतमा १० हजार युनिट बिक्री, नेपालमा २ महिनामै ५ सय बुकिङ

एमजी जेडएस ईभी भारतका साथै नेपाली बजारमा समेत चर्चित छ । भारतमा सन् २०२०...

इलेक्ट्रिक कारमा प्रयोग हुने एसी र डीसी चार्जरमा कुन राम्रो ?

इलेक्ट्रिक कारमा प्रयोग हुने एसी र डीसी चार्जरमा कुन राम्रो ?

कुनै पनि इलेक्ट्रिक कारमा ब्याट्री र चार्जिङ धेरै महत्वपूर्ण हुन्छ ।...

चांगन, सिएटिएल र हुवाएको संयुक्त साझेदारीमा वनेको नयाँ इलेक्ट्रिक कारको तस्विर वाहिरियो

चांगन, सिएटिएल र हुवाएको संयुक्त साझेदारीमा वनेको नयाँ इलेक्ट्रिक कारको तस्विर वाहिरियो

चिनियाँ अटो निर्माता चांगनले निकट भविष्यमा लन्च हुन लागेको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...