डिजेल कन्टेनरभन्दा इलेक्ट्रिक कन्टेनर चलाउँदा वार्षिक ३५ लाख रुपैयाँभन्दा बढी बचत हुने दाबी
काठमाडौं – विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग बढ्दै जाँदा यसको...
भारतीय कम्पनी जोय ई–बाइकका विभिन्न मोडल नेपाली बजारमा उपलब्ध भएका छन् । गत असोज ६ देखि ९ गते सम्म आयोजित नाडा ईभी एक्सपो २०२२ मा जोय ई–बाइकका विभिन्न मोडल सार्वजनिक गरिएका थिए । महावीर अटोमोबाइल्सले यी इलेक्ट्रिक बाइक नेपाली बजारमा छिट्टै नै आधिकारिक रुपमा लन्च गर्ने बताएको छ ।
जोय ई–बाइकका बिस्ट, थन्डरबोल्ट, स्काइलाइन र हरिकेन गरी चार मोडल नेपाली बजारमा उपलब्ध छन् । यी सबै बाइकमा ५ हजार वाटको मोटर छ । तीन मोडल बिस्ट, थन्डरबोल्ट र स्काइलाइनमा ७२ भोल्ट ७२ एम्पियरका ब्याट्री छन् । हरिकेनमा ७२ भोल्ट ६६ एम्पियरको ब्याट्री छ ।
नर्मल अर्थात स्पोर्ट मोडमा चलाउदा यी बाइकले ११० किलोमिटर र स्पोर्ट मोडमा चलाउदा १६० किलोमिटर सम्मको रेन्ज दिन्छ । ब्याट्रीमा ३ वर्ष र मोटर तथा कन्ट्रोलरमा १ वर्षको वारेन्टी उपलब्ध छ ।
बिस्टको मूल्य ४ लाख ८६ हजार ९ सय, स्काइलाइनको ४ लाख ७१ हजार ९ सय, थन्डरबोल्टको ४ लाख ८१ हजार ९ सय र हरिकेनको ४ लाख ७५ हजार ९ सय रुपैयाँ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...