जब लुसिड एयर लक्जरी इलेक्ट्रिक कारबाट धुवाँ निस्कन थाल्यो ……
विश्वमै तीव्र गति र महंगो लक्जरी इलेक्ट्रिक कारको पहिचान कायम गरेको लुसिड...
काठमाडौं – विश्वमै सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक कार वुलिङ एयर ईभी (Wuling Air EV) को प्रि–बुकिङ खुलेको छ । नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सो ईभीको बुकिङ खुलाएको हो । ईभी नेपाल मोटर्सले यो भन्दा पहिले नेपाली बजारमा लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर समेत बिक्री–वितरण गरिरहेको छ ।
ईभी नेपाल मोटर्सको वेबसाइटमार्फत सो इलेक्ट्रिक कार बुकिङ गर्न सकिन्छ । २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध हुनेछ । यसको मूल्य क्रमशः २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ हुने ईभी नेपाल मोटर्सले जनाएको छ । केही दिन भित्रै टेस्ट ड्राइभ गर्न सकिने गरी सो गाडी नेपाल भित्र्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधान उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसियामा लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।
ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्म, जुन प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्, मा बनेको वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट वा ५० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ ।
अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि चलाउन मिल्ने अनुभव भएको वुलिङ एयर ईभी नेपाली बजारका लागि निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
वुलिङले चिनियाँ बजारमा सार्वजनिक गरेको ‘क्याब्रियो’ कन्भर्टिबल कार ७२ घन्टामा १ लाख युनिट बुकिङ भएर नयाँ रेकर्ड कायम गरेको थियो ।
विश्वमै तीव्र गति र महंगो लक्जरी इलेक्ट्रिक कारको पहिचान कायम गरेको लुसिड...
चितवन – नेपालका लागि स्काईवेल ईभीको आधिकारिक वितरक जी मोटर्स प्रालिको...
सिट्रोनले पहिलो इलेक्ट्रिक कार ईसी३ लन्च गर्ने तयारी भइरहेको छ । मिडिया...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...