ड्राइभिङको समयमा कार पानीमा डुबेमा के गर्ने ?

पुल भत्किँदा र सडकमा बाढी आउँदा कयौंपटक कठिन अवस्थाको सामना गर्नुपर्ने हुन्छ । बाढीको पानीमा गाडीसहित धेरै मानिस फसेको देखिन्छ । जसका कारण निसास्सिएर मानिसको मृत्यु हुने गरेको छ ।

त्यसैले पानीमा कार डुबेको अवस्थामा सावधानी अपनाउनु आवश्यक छ । यस्तो अवस्थामा के गर्ने ? जान्नुहोस्

१. सिट बेल्टमा ध्यान दिनुहोस्
यदि कार सहित पानीमा डुब्दै हुनुहुन्छ भने शान्त मनले पहिले आफूलाई बचाउने कुरामा ध्यान दिनुहोस् । पानीमा कारसहित डुब्ने वित्तिकै तुरुन्तै आफ्नो सिट बेल्ट खोल्नुहोस् र अगाडि बढ्नुहोस् ।

२. कुनै पनि ढोका नखोल्नुहोस्
पानीको दबावको कारण कारको ढोका खोल्न धेरै गाह्रो हुन्छ । त्यसैले ढोकाको सट्टा झ्याल खोल्ने प्रयास गर्नुहोस् । यदि कारको ढोका खोलेमा पानी कारभित्र छिर्छ जसले गर्दा मन अझ बढी विचलित हुन सक्छ । त्यसैले सर्वप्रथम कारको झ्याल खोल्नुहोस् किनभने पानी खुट्टाबाट टाउकोसम्म आउन ३० देखि ६० सेकेन्ड मात्रै लाग्छ ।

३. झ्याल फुटाउनुहोस्
धेरै जसो सवारी साधनमा इलेक्ट्रोनिक झ्याल रहेको हुन्छ । यसमा पानी पर्ने वित्तिकै सर्ट सर्किट हुन सक्छ, जसले गर्दा झ्याल खुल्ने सम्भावना कम हुन्छ । त्यसैले यस्तो अवस्थामा झ्याल तोड्नु सही विकल्प हुनेछ ।

४. बच्चालाई प्राथमिकता दिनुहोस्
सम्भव भएमा सवारी साधनमा रहेका सबैले झ्यालबाट बाहिर निस्कनुहोस् । यस्तो अवस्थामा सर्वप्रथम बच्चाहरुलाई प्राथमिता दिनुहोस् किनभने बच्चाहरुलाई पानीसँग जुझ्न निकै कठिन हुन सक्छ ।

५. बाहिर निस्कनुहोस्
चाँडो भन्दा चाँडो झ्यालबाट बाहिर निस्कनुहोस् । यदि झ्याल खोल्न वा तोड्न कठिन भएमा नआत्तिनुहोस्, किनकि अझै पनि बाँच्ने सम्भावना हुन्छ । कार पूर्ण रूपमा पानीमा डुबेको छ भने पनि केही हदसम्म कारको ढोका खोल्न सकिन्छ । तर, यसको लागि आफ्नो सास रोक्नमा पनि माहिर हुनुपर्छ । यसरी पनि सजिलै बच्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

५० वर्षमा प्रवेश ग-यो हिट्को प्रालि, अब ईभी इक्विपमेन्टमा जोड

५० वर्षमा प्रवेश ग-यो हिट्को प्रालि, अब ईभी इक्विपमेन्टमा जोड

काठमाडौं – सवारी साधन बिक्री गरे पश्चात उपलब्ध गराइने बिक्री पछिको सेवा...

कम्पोनेन्ट्स शोमा ओएलएसको रिमोट कन्ट्रोलयुक्त लिफ्ट सार्वजनिक

कम्पोनेन्ट्स शोमा ओएलएसको रिमोट कन्ट्रोलयुक्त लिफ्ट सार्वजनिक

भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स...

मोटर पार्ट्स गोदाममा आगलागी

मोटर पार्ट्स गोदाममा आगलागी

बुटवल – बुटवलको कालिकानगरमा रहेको एक मोटर पार्ट्सको गोदाममा आगलागी भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...