के हो बीवाईडी हाई–टेक विक २०२५ ? ईभी इनोभेसनका क्षेत्रमा एक महत्वपूर्ण अनुभव हुने दाबी
काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी...
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भविष्यको अन्तरिक्ष अभियानका लागि नयाँ प्रविधिको विकास गरेको छ । सो प्रविधिले इलेक्ट्रिक कारलाई ५ मिनेटमा चार्ज गर्न सक्ने बताएको छ ।
अमेरिकाको पर्ड्यू विश्वविद्यालयका शोधकर्ताले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा लामो अवधिको माइक्रोग्राभिटी वातावरणमा टु फेज फ्लुइड फ्लो र हिट ट्रान्सफर प्रयोग सक्षम पार्न फ्लो बाइलिङ र कन्डेन्सेसन प्रयोग गरेका छन् । यो टेक्नोलोजी पृथ्वीमा पनि प्रयोग गर्न सकिने जानकारी दिएका छन् ।
इलेक्ट्रिक कारका लागि लामो समयसम्म चार्जिङ गर्नुपर्ने र चार्जिङको स्थानले निकै समस्या झेल्नुपरेको छ । हाल इलेक्ट्रिक कार चार्जिङको लागि सडकमा रहेको चार्जिङ स्टेशनमा २० मिनेटदेखि घरमा घन्टौसम्म चार्ज गर्नुपर्ने हुन्छ ।
इलेक्ट्रिक सवारी साधनको चार्जिङ समय घटाएर ५ मिनेटमा पु¥याउने सबै कार निर्माताले लक्ष्य राखेका छन् । यसका लागि १४०० एम्पियरसम्म करेन्ट प्रदान गर्न चार्जिङ सिस्टम आवश्यक छ । हालको एड्भान्स चार्जरले ५२० एम्पियरमात्र करेन्ट प्रदान गर्छ । अधिकांश उपभोक्ताका लागि चार्जर १५० एम्पियर भन्दा पनि कम करेन्ट आपूर्ति भइरहेको छ ।
नासाको सो प्रयोगबाट सिकेको टेक्नोलोजीलाई इलेक्ट्रिक सवारी साधन चार्ज गर्ने प्रक्रियामा लागु गरिएको छ । सो नयाँ प्रविधि प्रयोग गरेर, डाइइलेक्ट्रिक, गैर–इलेक्ट्रिकली कन्डक्टिङ र लिक्विड कुलेन्टको चार्जिङ केबल मार्फत पम्प गरिन्छ, जहाँ यसले करेन्ट वाहक कन्डक्टरले उत्पन्न गरेको तापलाई अवशोषित गर्छ ।
सबकुल्ड फ्लो बाइलिङको माध्यमबाट टोलीले २४.२२ किलोवाट गर्मीलाई हटाएर हाल बजारमा उपलब्ध सबैभन्दा छिटो इलेक्ट्रिक सवारी चार्जरको ४.६ गुणा करेन्ट प्राप्त गरेको थियो । उक्त चार्जिङ केबलले २४०० एम्पियर मात्र उपलब्ध गराउन सक्षम छ । यो इलेक्ट्रिक कार चार्ज गर्न लाग्ने समयलाई ५ मिनेटमा घटाउन आवश्यक पर्ने १४०० एम्पियर भन्दा धेरै हो ।
काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी...
काठमाडौंको भृकुटीमन्डपमा पर्सिदेखी शुरु हुने हिमालयन हाइड्रो एक्स्पोको...
चांगनको ओशान ५२० सेडान कार सीएटीएलको स्वाप गर्न मिल्ने चोको–एसईबी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...