भदौ मसान्त सम्मको तथ्यांक : गत वर्ष भन्दा करिव ३ गुणा बढी विद्युतीय सवारी भित्रिए नेपाल

काठमाडौं – चालु आर्थिक वर्षको भदौ मसान्त सम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव तीन गुणा बढी विद्युतीय सवारी साधन आयात भएका छन् ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को भदौ मसान्तसम्म ४१४ युनिट विद्युतीय सवारी आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १४३ युनिट विद्युतीय सवारी आयात भएका थिए ।

यो अवधिमा गत आव भन्दा हाल यस्ता विद्युतीय सवारी साधनको आयात करिव २८१ प्रतिशतले बढेको हो ।

चालु आवको साउन र भदौ गरी दुई महिनाको अवधिमा १०० किलोवाटसम्मका ४०२ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन्। १०० देखि २०० किलोवाटसम्मका १० र २०० देखि ३०० किलोवाटसम्मका २ युनिट विद्युतीय सवारी नेपाल भित्रिएका छन्।

यी मध्ये सबैभन्दा बढी भारतबाट ३०४ युनिट भित्रिएका छन् भने दोस्रो नम्बरमा कोरियाबाट ६६ युनिट र तेस्रोमा चीनबाट ४० युनिट भित्रिएका छन् । चीनको नाका समेत बन्द भएको र अन्य विभिन्न कारणले यसमा असर पुगेको हो । नत्र चीनबाट धेरै विद्युतीय सवारी नेपाल भित्रिने गरेका थिए ।

चालु आवमा १ अर्ब १९ करोड ४३ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको छ। यसबाट सरकारले ४० करोड ७७ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत १०० किलोवाट मोटर क्षमताका विद्युतीय सवारीमा अन्तःशुल्क नलगाउने व्यवस्था गरेसँगै आयातमा वृद्धि भएको हो ।

सरकारले विदेशी सञ्चिति जोगाउन जैविक इन्जिनबाट सञ्चालन हुने सवारी साधनको आयातमा अस्थायी प्रतिबन्ध गरेसँगै चार पांग्रे विद्युती सवारीको आयात करिब ३ गुणाले बढेको मान्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

एफडी इलेक्ट्रिक स्कुटरमा नविल बैंकको क्रेडिट कार्डमार्फत २ लाखसम्म कर्जा पाइने

एफडी इलेक्ट्रिक स्कुटरमा नविल बैंकको क्रेडिट कार्डमार्फत २ लाखसम्म कर्जा पाइने

काठमाडौं– नविल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत कर्जा...

हुन्डाईले ल्यायो विशेष एक्सचेन्ज अफर, नयाँ हुन्डाई क्रेटा ईभी घर लैजाने अवसर

हुन्डाईले ल्यायो विशेष एक्सचेन्ज अफर, नयाँ हुन्डाई क्रेटा ईभी घर लैजाने अवसर

काठमाडौं – हुन्डाई नेपालले “अपग्रेड टु द पर्फेक्ट ईभी” नामक नयाँ अभियान...

होन्डाले ल्यायो यु–गो अफोर्डेबल इलेक्ट्रिक स्कुटर, दुई भर्सनमा उपलब्ध हुने

होन्डाले ल्यायो यु–गो अफोर्डेबल इलेक्ट्रिक स्कुटर, दुई भर्सनमा उपलब्ध हुने

होन्डाले चीनमा अफोर्डेबल इलेक्ट्रिक स्कुटर यु–गो लन्च गरेको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...