टाटाको सबैभन्दा कम मूल्यको इलेक्ट्रिक कार टियागो ईभीको भोलि देखि बुकिङ शुरु हुँदै

टाटाले इन्ट्री लेभलको इलेक्ट्रिक कार टियागो ईभी लन्च गरेको छ । यसको बुकिङ भारतमा भोलि अर्थात अक्टोबर १० बाट सुरु हुनेछ । यसको लागि २१ हजार भारुमा बुक गर्न सकिन्छ । सो कारको टेस्ट ड्राइभ डिसेम्बरको अन्त्यबाट सुरु हुनेछ ।

केही समय पछि यो नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यद्यपि नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस सम्बन्धी आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

टियागो इलेक्ट्रिकको सुरुवातसँगै टाटा अब ८० नयाँ सहरमा प्रवेश गर्ने भएको छ । कम्पनीले आफ्नो ईभी नेटवर्कलाई १६५ भन्दा बढी शहरहरूमा विस्तार गर्दैछ ।

टियागो ईभीमा २ ब्याट्री प्याक १९.२ केडल्ब्युएच र २४ केडल्ब्युएचको विकल्प दिइएको छ । जसले क्रमशः ६१ पीएसको पावर÷१०४ एनएमको टर्क र ७५ पीएसको पावर÷११४ एनएमको टर्क जेनेरेट गर्छ । सो इलेक्ट्रिक कारमा भएको १९.२ केडल्ब्युएच ब्याट्री प्याकले २५० किलोमिटरको रेन्ज र २४ केडल्ब्युएचको ब्याट्री प्याकले ३१५ किलोमिटरसम्मको रेन्ज दिन्छ । टाटाको यो इलेक्ट्रिक कारमा फोर–लेभल रिजेनेरेटिभ ब्रेकिङ र २ वटा ड्राइभ मोड सिटी र स्पोर्ट पनि समावेश गरिएको छ ।

सो कारमा ४ चार्जिङ विकल्पहरू १५ए सकेट चार्जर (८.७ घन्टासम्म), ३.३ किलोवाट एसी चार्जर (६.४ घन्टासम्म), ७.२ किलोवाट एसी चार्जर (३.३६ घन्टासम्म) र डीसीटी फास्ट चार्जर रहेको छ । डीसीटी फास्ट चार्जर मार्फत १० देखि ८० प्रतिशत चार्ज हुन ५७ मिनेट लाग्छ ।

भारतमा टाटा टियागो ईभीको मूल्य ८ लाख ४९ हजारदेखि ११ लाख ७९ हजार भारु रहेको छ ।

सम्बन्धित समाचारहरू

दाङमा एमएडब्लु बृद्धिको अत्याधुनिक शोरुम, नामी भिगो सार्बजनिक

दाङमा एमएडब्लु बृद्धिको अत्याधुनिक शोरुम, नामी भिगो सार्बजनिक

दाङ–डोङफेङ ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धिले दाङमा...

इलेक्ट्रिक सवारी साधनमा हुने रिजेनेरेटिभ ब्रेकिङ सिस्टम के हो ? यसले कसरी काम गर्छ ?

इलेक्ट्रिक सवारी साधनमा हुने रिजेनेरेटिभ ब्रेकिङ सिस्टम के हो ? यसले कसरी काम गर्छ ?

कारको ब्रेक प्याडल थिच्दा हाइड्रोलिक ब्रेक प्याडले प्रत्येका पांग्रामा...

नेपाली सडकमा देखियो रेसिन्स मिनी इलेक्ट्रिक कार, केही दिनपछि विक्री शुरु हुँदै

नेपाली सडकमा देखियो रेसिन्स मिनी इलेक्ट्रिक कार, केही दिनपछि विक्री शुरु हुँदै

काठमाडौं – जिमिनी इन्कर्पोरेट प्रालिले नेपाल ल्याएको रेसिन्स इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...