टर्बो पेट्रोल इन्जिन सहित थप शक्तिशाली महिन्द्रा एक्सयूभी३०० लन्च

महिन्द्रा एण्ड महिन्द्राले आफ्नो लोकप्रिय सब–कम्प्याक्ट एसयूभी महिन्द्रा एक्सयूभी३०० थप शक्तिशाली टर्बो पेट्रोल इन्जिनसहित लन्च गरेको छ । महिन्द्रा एक्सयूभी३०० डब्ल्यु६, डब्ल्यु८ र डब्ल्यु८ ओ गरी ३ ट्रिममा उपलब्ध छ । यसको मूल्य १० लाख ३५ हजार देखि १२ लाख ९० हजार भारु सम्म छ ।

महिन्द्रा एक्सयूभी३०० टीजीडीआई ११९७ सीसी, ३ सिलिन्डर टर्बोचाज्ड पेट्रोल इन्जिनको साथमा लन्च गरिएको हो । सो इन्जिन ४ भल्व र ड्युअल भीभीटी टेक्नोलोजीमा उपलब्ध छ । यसको इन्जिनले १५०० देखि ३७५० आरपीएममा २३० बीएचपीको टर्क जेनेरेट गर्छ ।

सो एसयूभीमा ट्रान्जिएन्ट ओभर बुस्ट फंक्शनको साथमा टर्क आउटपुटलाई २५० सम्म बढाउन सकिन्छ । एसयूभीले ५ सेकेन्डमा ० देखि ६० किमी प्रतिघण्टाको गति लिन सक्छ र ६ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ ।

सो एसयूभीको क्याबिनमा रातो रङ र क्रोम फिनिस पेडलसहितको कालो रङले इन्टेरियरमा सुसज्जित गरिएको छ । यसमा एन्टि–पिन्च फक्शनको साथ इलेक्ट्रिक सनरुफ, ड्युअल–जोन अटोमेटिक एयर–कन सिस्टम, रेन–सेन्सिङ वाइपर, अटो हेडल्याम्प, प्रिमियम लेथरेट अपहोल्स्ट्री, पुश बटन स्टार्टको साथ किलेस इन्ट्रि र ७ इन्चको टचस्क्रिन सिस्टम, एप्पल कारप्ले र एन्ड्रोइड जस्ता फिचर रहेको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्राको नयाँ लोगो सार्वजनिक, एक्सयूभी ७०० मा पहिलो पटक प्रयोग हुने

महिन्द्राको नयाँ लोगो सार्वजनिक, एक्सयूभी ७०० मा पहिलो पटक प्रयोग हुने

महिन्द्रा एन्ड महिन्द्राले नयाँ लोगो सार्वजनिक गरेको छ । उक्त लोगो अर्को...

स्कर्पियो एनमा थपियो ५ नयाँ भेरियन्ट, कुल भेरियन्टको संख्या ३० पुग्यो

स्कर्पियो एनमा थपियो ५ नयाँ भेरियन्ट, कुल भेरियन्टको संख्या ३० पुग्यो

महिन्द्राको सर्बाधिक लोकप्रिय एसयुभी स्कर्पियो एनमा ५ नयाँ भेरियन्ट थप...

भारतका टप २५ सर्वाधिक बिक्री हुने कारमा टाटा–महिन्द्राका ९ मोडल

भारतका टप २५ सर्वाधिक बिक्री हुने कारमा टाटा–महिन्द्राका ९ मोडल

भारतमा टाटा मोटर्स र महिन्द्रा एण्ड महिन्द्रा कम्पनीका गाडीहरू लोकप्रिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...