आउँदै छ फाइभजी प्रविधि : यसरी हुनेछ ड्राइभिङ एक्सपेरियन्समा परिवर्तन

फोरजी पछि अब नेपालमा पनि फाइभजीको चर्चा शुरु भएको छ । नेपाल टेलिकमले फाइभजीको परीक्षण गर्ने तयारी गरिरहेको छ । अन्य सेवा प्रदायकले समेत आगामी दिनमा यसका लागि आवश्यक कार्य गर्नेछन् ।

यो अवस्थामा फाइभजी प्रविधि भएमा कस्तो फरक अनुभव हुनेछ भन्ने वारेमा जानकारी राख्नु आवश्यक छ । फाइभजी टेक्नोलोजीबाट मोबाइल वा कम्प्युटर मात्र नभई ड्राइभिङ एक्सपेरियन्स समेत परिवर्तन हुनेछ । कारको फिचरका साथ कनेक्ट भएर फाइभजी प्रविधिले कारको अपरेसनमा तीव्रता ल्याउनुका साथै यसको पर्फमेन्स पनि अपग्रेड गर्नेछ ।

फाइभजी प्रविधिबाट सम्भावित दुर्घटनामा कमी हुनेछ भने सडकको अवस्था, ट्राफिक र मौसमको जानकारी समेत रियल टाइममा उपलब्ध हुनेछ ।

सफ्टवेयर अपडेसन र पर्फमेन्स पावर
हाल अधिकांश गाडी सफ्टवेयरमा आधारित हुन्छन् र डिजाइन गरिएको प्रोग्राममा काम गर्छन् । गाडीमा उपलब्ध सफ्टवेयरबाट कारको फङसन हुन्छ । समय समयमा यसलाई अपडेट पनि गर्नुपर्छ । अहिले सम्म सामान्य गाडीमा यो कार्य वर्कशपमार्फत पनि हुने गरेकोमा अब भने यो काम अझै राम्रो र तीव्रतापूर्वक हुनेछ ।

लक्जरी कारमा झन् धेरै सफ्टवेयर हुन्छन् र इन्टरनेट कनेक्टिभिटीको आवश्यकता हुन्छ । मोबाइल नेटवर्कको माध्यमबाट यसलाई अपडेट गरिन्छ । फाइभजी पश्चात कारको सफ्टवेयर आफै अपडेट हुनेछ र नेक्स्ट लेवलको ड्राइभिङ एक्सपेरियन्स हुनेछ ।

एडीएएसले दिनेछ रियल टाइम अपडेट
जुन कारमा एड्भान्स ड्राइभिङ असिस्टेन्ट सिस्टम (एडीएएस) हुन्छ, तिनका लागि फाइभजी एक वरदान सावित हुनेछ । एडीएएस यस्तो फिचर हो, जसले सडकको सबै अवस्था वारेमा जानकारी दिन्छ । सडकमा आउने मोड, खराब सडकको अवस्था, दुर्घटनाको आशंका, ट्राफिक र मौसम जस्ता सबै जानकारी कारको स्क्रिनमा देखिन्छ । यो क्लाउड कनेक्टेड हुन्छ र अन्य गाडीको डाटालाई पनि क्लाउडबाट कनेक्ट गरेर प्रोसेसिङ गर्छ । फाइभजी कनेक्टिभिटीले यो प्रोसेसलाई झै तीव्र गरिदिन्छ र रियल टाइम अपडेट उपलब्ध गराउछ ।

फास्ट अटोमोटिभ ड्राइभिङ
आजकाल ड्राइभरलेस अर्थात अटोमोटिभ ड्राइभिङयुक्त गाडी धेरै प्रचलित हुँदैछन् । टेस्लाका गाडी यसका लागि प्रचलित छन् । महिन्द्रा एक्सयूभी ७०० पनि यो फिचरयुक्त हुने बताइएको छ । यी गाडीमा सफ्टवेयर अपडेट आवश्यक हुन्छ । फाइभजीका कारण सो अपडेट तीव्र र सहज रुपमा सम्पन्न गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

सरकार र व्यवसायीबीच छबुँदे सहमति भएर पनि किन चलेनन् सार्वजनिक यातायात ?

सरकार र व्यवसायीबीच छबुँदे सहमति भएर पनि किन चलेनन् सार्वजनिक यातायात ?

काठमाडौं – सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्म भएको छलफल...

सडक दुर्घटनामा प्रति मिनेट २ र प्रतिदिन ३२ सय भन्दा बढीको मृत्यु हुने तथ्य सार्वजनिक

सडक दुर्घटनामा प्रति मिनेट २ र प्रतिदिन ३२ सय भन्दा बढीको मृत्यु हुने तथ्य सार्वजनिक

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विहिबार सार्वजनिक गरेको ग्लोबल...

काठमाडौँमा ‘सम्पदा घुम्ती बस सेवा’ सुरु

काठमाडौँमा ‘सम्पदा घुम्ती बस सेवा’ सुरु

काठमाडौँ – उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवद्र्धन गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...