विश्व प्रसिद्ध टेस्लाका इलेक्ट्रिक कार नेपालमा : यस्ता छन् विशेषता

नेपाली बजारमा टेस्लाका विद्युतीय कार करिव दुई वर्ष देखि बिक्री भइरहेका छन् । ती मध्ये टेस्ला मोडल ३ र मोडल वाई विश्व बजारमा निकै नै रुचाइएका कार हुन् ।

केही समय पहिले सम्पन्न नाडा ईभी एक्सपो २०२२ मा यी गाडीसँग फोटो खिचाउन होस वा खरिद गर्न वा गाडीको फिचरहरु जान्नका लागि निकै उत्साहित देखिन्थे ।

मेलामा दुईवटा मोडललाई मात्र प्रदर्शनीका लागि राखिएता पनि नेपाली बजारमा टेस्लाको तीन मोडलहरु मोडल वाई, टेस्ला मोडल ३ र टेस्ला मोडल एक्स उपलब्ध छन् । टेस्लाको वाई मोडलको कुरा गर्नुपर्दा एक पटकको फुल चार्जमा ३२६ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ भने, १५५ किलोमिटरको उच्च गतिमा गुडाउन सकिने कम्पनीले दावी गरेको छ । पाँच सिट भएको यो मोडलको रुफ पानोरमिक ग्लासबाट बनेको छ । १४ वटा स्पिकर रहेको यस मोडलमा दूई स्मार्ट फोनलाई वाइरलेस चार्ज गर्न सकिन्छ । टेस्लाको मोडल वाईलाई अधिकतम सुरक्षित कार मानिन्छ । यो मोडलको मुख्य विशेषता नै सुरक्षित यात्रा भएको कम्पनीले बताएको छ । मोडल वाईमा इम्प्याक्ट प्रोटेक्सन, निकै बलियो बडी स्टक्चर र लो सेन्टर अफ ग्राभिटी पाउन सकिन्छ । यसका अतिरिक्त कम्पनीले यसमा टेक्नोलोजीमा आधारित ५० भन्दा धेरै सुरक्षा फिचर प्रदान गरेको छ ।

टेस्ला मोडल वाईमा २० इन्चको अलोय ह्वील, पावर एड्जस्टेवल अगाडि र पछाडिको सिट, सबै हिटेड सिट, प्रिमियम अडियो सहितको १३ वटा उफर, एलइडी फगल्याम्प, १५ इन्चको इन्फर्मेशन डिस्प्ले रहेको छ । टेस्लाको मोडल वाई रियर ह्वील र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । रियर ह्वील ड्राइभमा २०९ किलोवाट क्षमताको मोटर छ भने अल ह्वील ड्राइभ सिस्टममा अगाडि र पडाडि रहेको दुबै मोटरको कम्वाइन्ड मोटरको पावर २९१ किलोवाट रहेको छ । साथै, कम्पनीले यसमा ७५ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । 

उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०५ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । हाल नेपाली बजारमा टेस्ला मोडल वाईको मूल्य २ करोड ३० लाख रुपैंयाँ रहेको छ ।

डिजाइन कारमा १८ इन्चको अलोय ह्वील अप्सनको साथमा सिल्हुट पनि देख्न सकिन्छ । कारमा फ्लश डोर ह्यान्डलर, विन्डसिल्ड देखि रियर स्पोइलरसम्म ग्लास रुफ रहेको छ । यद्यपि परफर्मेन्स भेरिएन्टमा पिरेली पी जीरो परफर्मेन्स रबरको साथ २० इन्चको ठूलो अर्बनटर्बान ह्वील, परफर्मेन्स ब्रेक, कार्बन फाइबर रियर स्पोइलर, लोअर सस्पेन्सन र स्पोर्टी आल्मुनियम अलोय प्याडल समावेश रहेको छ ।

फिचर
टेस्ला मोडल ३ मा १५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १२ पावर एडजस्टेबल फ्रन्ट र रियर हिटेड सिट, १४ स्पिकर अडियो सिस्टम, एक सबवुफर र २ एम्प्स, यूभी र इन्फ्रारेड प्रोटेक्सन, पावर फोल्डिङ, अटो डिमिङ र हिटेड साइड मिरर, ४ यूएसबी–सी पोर्ट र २ वायरलेस चार्जिङ पोर्टको साथमा टिन्टेड ग्लासरुफ जस्ता फिचर रहेको छ ।

अटो पाइलट
अटो पाइलट टेस्ला कार आफ्नो लेनमा अटोमेटिक रुपमा चल्छ । तीव्र गतिमा कार चलाउन र ब्रेक लगाउन सक्षम बनाउँछ । अटो पाइलट सिस्टम कार अल अटो ड्राइभिङ क्षमताको साथमा नेभिगेट गर्न अतिरिक्त रहेको छ । मोडल ३ उन्नत हार्डवेयरको साथमा स्ट्यान्डर्ड रुपमा पनि उपलब्ध रहेको छ । साथै सो कारलाई भविष्यमा अल अटो ड्राइभिङ क्षमताको लागि पनि तयार पारिएको छ ।

क्षमता
टेस्ला मोडल ३ तीन फरक फरक पावरट्रेन विकल्पको साथमा पेश गरिएको छ । जसमा स्ट्यान्डर्ड प्लस, लङ रेन्ज र परफर्मेन्स समावेश रहेको छ । स्ट्यान्डर्ड प्लस भेरिएन्टमा रियर ह्विल ड्राइभ कन्फिगरेसनको साथमा सिंगल इलेक्ट्रिक मोटर रहेको छ, जसमा ४२३ किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्ने दावी गरेको छ । सो भेरिएन्ट २२५ किलोमिटर प्रति घन्टाको टप स्पिडको साथमा ५.३ सेकेन्डमा ० देखि ९६ किलोमिटर प्रति घन्टाको स्पिड लिने क्षमता रहेको छ । मोडल ३ स्ट्यान्डर्ड प्लसको १ करोड ४५ लाख रुपैयाँ मूल्य पर्छ ।

लङ रेन्ज र परफर्मेन्स ट्रिम्समा अल ह्विल ड्राइभ सेटअपको साथमा ड्युअल इलेक्ट्रिक मोटर रहेको छ । लङ रेन्ज भेरिएन्ट अनुमानित ड्राइभिङ ५६८ किलोमिटर र ४.२ सेकेन्डमा ९६ किलोमिटर प्रति घन्टाको स्पिड लिन्छ । सो भेरिएन्टको टप स्पिड २३३ किलोमिटर प्रति घन्टा रहेको छ । रेन्ज टपिङ परफर्मेनस एडिसनमा सिंगल चार्जमा ५०७ किलोमिटरको ईपीए अनुमानित रेन्ज रहेको छ । जसको टप स्पिड २६१ किलोमिटर प्रति घन्टा रहेको छ ।

सो भेरिएन्ट ३.१ सेकेन्डमा ० देखि ९६ किलोमिटर प्रति घन्टको स्पिड लिने क्षमता रहेको छ । टेस्ला लगायत अन्य विद्युतीय गाडीहरुमा २० प्रतिशत डाउन पेमेन्तका साथ ८० प्रतिशत बैंकिङ फाइनान्सका साथ सबै विद्युतीय गाडीहरु उपलब्ध गरिरहेको छ ।  

सम्बन्धित समाचारहरू

बैंकको कर्जामा रमाइरहेका ईभी व्यवसायी, भन्छन् – बैंकको किस्ता तिर्न कुनै समस्या छैन

बैंकको कर्जामा रमाइरहेका ईभी व्यवसायी, भन्छन् – बैंकको किस्ता तिर्न कुनै समस्या छैन

समयको क्रमसँगै व्यवसायीहरू पनि लगानीका लागि एकपछि अर्को माध्यमको खोजीमा...

एमएडब्ल्यु ग्रुपले सेरेस समूहका अत्याधुनिक ईभी नेपाल ल्याउने

एमएडब्ल्यु ग्रुपले सेरेस समूहका अत्याधुनिक ईभी नेपाल ल्याउने

काठमाडौं – नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी साधन बिक्री–वितरण...

ढल्केबरमा एमजीले राख्यो ३० किलोवाटको डिसी चार्जर

ढल्केबरमा एमजीले राख्यो ३० किलोवाटको डिसी चार्जर

एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले ढल्केबरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...