रिम्याक नेभेरा इलेक्ट्रिक हाइपरकारको नाममा एकैपटक बन्यो २३ वटा रेकर्ड
क्रोएसियाली कार कम्पनी रिम्याक अटोमोबिलीको इलेक्ट्रिक हाइपरकार नभेराले...
हालसम्म बजारमा ई–स्कुटर, ई–कार र ई–साइकल लन्च भइसकेको छ । तर अब इलेक्ट्रिक विमान पनि सार्वजनिक भएको छ । विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।
इजरायलको एभिएसन एयरक्राफ्टले बनाएको यो अल इलेक्ट्रिक विमानलाई एलिस नाम राखिएको छ । यो शून्य एमिशन एयरोप्लेनले वाशिंगटनको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान भरेको थियो । यस क्रममा ८ मिनेटसम्म सुरक्षित हावामा रहयो र त्यसपछि सामान्य अवतरण भयो ।
सो विमानको स्पिड ४८० किलोमिटर प्रतिघण्टा छ । यसमा ९ जनाले यात्रा गर्न सकिन्छ र यसले ४०० किलोमिटरसम्मको दुरी तय गर्न सक्छ । यसलाई २ घण्टासम्म सजिलै उडाउन सकिन्छ । सो विमानमा २५०० पाउण्ड अर्थात् करिब ११०० किलोग्राम बोकेर उडाउन सकिन्छ ।
इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान ३५०० फिटको उचाइसम्म उडेको थियो । कम्पनीले सो विमानका ३ वटा भेरिएन्टमा काम गरिरहेको छ । जुन हाल प्रोटोटाइप चरणमा छ । यसमा कार्गो भेरिएन्ट छ, दोस्रो ९ सिटर र तेस्रो कार्गोसहित ६ सिटर भेरिएन्ट हो । यी सबै भेरिएन्टहरूमा २ चालक दलका सदस्यको लागि ठाउँ पनि हुनेछ । एलिसमा ६४० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ ।
क्रोएसियाली कार कम्पनी रिम्याक अटोमोबिलीको इलेक्ट्रिक हाइपरकार नभेराले...
जापानी कार निर्माता कम्पनी टोयोटाको सबैभन्दा सानो इलेक्ट्रिक कार सी प्लस...
नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले नेपालमा स्मार्ट सवारी साधनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...