उपत्यका छाड्ने बढ्दैः कुन दिन कति यात्रु बाहिरिए, कति भित्रिए ?

काठमाडौंको नागढुंगामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरू भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो।

सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो। काठमाडौंको कलंकी होस् या अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ। यात्रुको भीड पनि उत्तिकै छ। प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्येहम्ये परिरहेको सडकमा देख्न सकिन्छ।

हिन्दूको महान पर्व दसैंको मुख्य दिन नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने नेपालीको संख्या दिनदिनै बढ्दो छ। अन्य समयमा शनिबार प्रायः खाली हुने काठमाडौंका सडकमा आज भने सवारी साधनको बाक्लो उपस्थिति छ।

पोका-पुन्तुरा बोकेर मानिस उपत्यका छाड्न हतारिएका दृष्य विभिन्न क्षेत्रमा देख्न सकिन्छ। टिकट काटेकाहरू सवारीसाधन कुरिरहेका देखिए भने टिकट नकाट्ने यात्रु सिट खाली रहेका सवारी साधनको प्रतिक्षा गरिरहेका भेटिए।

सिट नपाएका ट्रक तथा अन्य सवारी साधनमा समेत गइरहेका थिए। पश्चिम नेपाल जान कलंकी पुग्नुभएकी निर्मला शर्मा टिकट नपाइएकाले सिट खाली भएको गाडीको प्रतीक्षा गरिरहेको बताए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ सुरू भएपछि घटस्थापनादेखि क्रमशः बाहिरिने यात्रुको चाप बढिरहेको छ। त्यसदिन ६० हजार यात्रुले उपत्यका छाडेका थिए। बिहीबार ७१ हजार सात सय यात्रुले उपत्यका छाडेकामा शुक्रबार उपत्यका छाड्नेको सङ्ख्या ८४ हजार रह्यो।

आज भने त्यसको तुलनामा दोब्बर (दुई लाख) बढीले उपत्यका छाड्ने अनुमान गरिएको कार्यालयका सह-प्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए।

आज साँझसम्म झण्डै पाँच लाख मानिसले उपत्यका छाडेने उनको अनुमान थियो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्भ गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको संख्या यकिन नभएकाले उपत्यका छाड्ने संख्या त्यसको दोब्बर हुनसक्ने अनुमान छ।

यही असोज १० गतेदेखि १४ गते शुक्रबारसम्म कूल तीन लाख ५३ हजार ४८५ बाहिरिएका छन्। आज भने झण्डै दुई लाख बाहिरिने अनुमान गरिएको छ।

प्रहरीका अनुसार कूल ५० हजार सवारी साधनमा उनीहरू बाहिरिएका हुन्। आजदेखि दसैं बिदा भएकाले आज भने सडकमा अत्यधिक भीड रहेको र विभिन्न नाका तथा बसपार्क क्षेत्रमा उपत्यका छाड्ने यात्रुको बाक्लो उपस्थिति रहेको प्रहरी उपरीक्षक क्षेत्रीको भनाइ थियो।

कुन दिन कति यात्रु भित्रिए, कति बाहिरिए ?
ट्राफिक प्रहरीका अनुसार असोज १० गते आठ हजार सात सय २९ वटा सवारी साधनमा ४५ हजार आठ सय २३ यात्रु भित्रिएका थिए भने आठ हजार नौ सय चार सवारी साधनमा ६० हजार आठ सय ४१ यात्रु बाहिरिएका थिए।

असोज ११ गते आठ हजार चार सय २७ सवारी साधानबाट ४५ हजार ३३ यात्रु भित्रिएका मा नौ हजार एक सय ६१ सवारी साधनबाट ६२ हजार चार सय ३२ यात्रु बाहिरिएको अभिलेख छ।

यस्तै असोज १२ गते आठ हजार नौ सवारी साधनबाट ४५ हजार दुई सय ६० यात्रु भित्रिएकामा १० हजार ८६ सवारी साधनबाट ७१ हजार ७६३ यात्रु बाहिरिएका थिए।

असोज १३ गते आठ हजार २३ सवारी साधन मार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार दुई सय १९ सवारी साधनमार्फत ७४ हजार तीन सय ६२ यात्रु बाहिरिए। असोज १४ गते शुक्रबार भने सात हजार ४६० सवारीमार्फत ३७ हजार तीन सय ४० यात्रु भित्रिँदा १० हजार दुई सय ६७ सवारी साधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्यांक छ।

यो प्रहरीले अभिलेख गरेको सार्वजनिक सवारी साधनमार्फत यात्रु भित्रिएका र बाहिरिएकाको विवरण हो। यसबाहेक पनि मोटरसाइकल तथा अन्य निजी सवारी साधनमार्फत बाहिरिने यात्रुको संख्या ठूलो रहेको ट्राफिक प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारहरू

टुरिस्ट बस प्रयोग गर्ने नेपाली बढ्दै, यस्ता छन् टुरिस्ट बस चढ्दा हुने ५ फाइदा

टुरिस्ट बस प्रयोग गर्ने नेपाली बढ्दै, यस्ता छन् टुरिस्ट बस चढ्दा हुने ५ फाइदा

नेपालमा अहिले टुरिष्ट बसको प्रयोग बढ्दो छ । विशेष गरी अन्तर्राष्ट्रिय...

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र सुरु

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र सुरु

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न...

दाङमा एयर सस्पेन्सन स्लिपर एसी बस सञ्चालनमा, बसमा सुतेरै यात्रा गर्न सकिने

दाङमा एयर सस्पेन्सन स्लिपर एसी बस सञ्चालनमा, बसमा सुतेरै यात्रा गर्न सकिने

दाङबाट काठमाडौंमा बस सेवा संचालन गरिरहेको त्रिशिद्धेश्वरी राप्ती...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...