काउन्टरमा यात्रुहरुको गुनासोः ‘व्यवसायी र प्रहरीले आफन्तहरुलाई मात्रै टिकट बाँडे’

वडादसैंमा घर फर्किने यात्रुहरुले बसको टिकटनै पाउन नसकेको गुनासो गरेका छन ।  काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिबार (आज) भेटिएका उनीहरुले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन् । 

५ दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ । उनले बस व्यवसायी र प्रहरीले आफन्तहरुलाई टिकट बाँड्ने गरेकाले पनि सर्वसाधारणले टिकट पाउने अवस्था नरहेको प्रतिक्रिया दिए ।  

कैलालीका कृष्ण टमाटाले बसको टिकट नपाएका कारण दशैंमा घर जान नै नसकिने अवस्था आएको बताए । उनले सरकारले टिकटको आवश्यक व्यवस्था नमिलाएर सर्वसाधारणलाई दुःख दिएको भन्दै आक्रोश समेत व्यक्त गरे ।  

केही यात्रुहरु भने टिकट नपाएपनि बसको क्याविनतिर बसेर घर जाने तयारीमा थिए । टिकट पाउनै गाह्रो भएकाले क्याविनतिर बसेर घर जाने तयारीमा आफू रहेको नेपालगंजकी दिलमाया खत्रीले बताइन् । उनले बसको टिकट पाउने अवस्था नरहेको र आफूहरुले दुःख पाएको प्रतिक्रिया समेत दिइन् ।  

बस व्यवसायीहरुले दोब्बर मूल्य भाडा लिएर रिजर्भमा पनि यात्रुहरुलाई ओसार्ने गरेको तर टिकट भने नदिएकोमा यात्रुहरुको चर्को गुनासो छ । उनीहरुले सरकारले दशैंमा घर जानेहरुलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको आक्रोश समेत व्यक्त गरेका छन् ।

सम्बन्धित समाचारहरू

जोरबिजोर प्रणाली हट्यो बस, माइक्रो र टेम्पोमा

जोरबिजोर प्रणाली हट्यो बस, माइक्रो र टेम्पोमा

काठमाडौँ – उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस,...

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई...

सवारी साधनमा नम्बर प्लेट नराख्ने र अन्य कानुन विपरितका कार्य गर्नेलाई कस्तो छ सजायको व्यवस्था ?

सवारी साधनमा नम्बर प्लेट नराख्ने र अन्य कानुन विपरितका कार्य गर्नेलाई कस्तो छ सजायको व्यवस्था ?

दर्ताको प्रमाणपत्रमा उल्लेख भए बमोजिमको वास्तविक नम्बर वा प्लेट नराखी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...