५० वर्षसम्म चलाउन सकिने सिट्रोन ओली इलेक्ट्रिक कार

फ्रान्सेली अटो कम्पनी सिट्रोनले ओली इलेक्ट्रिक भेरिएन्ट लन्च गर्नका लागि तयारी अवस्थामा छ । यद्यपि यो कार हाल युरोपेली बजारका लागि लन्च गरिएको हो । युरोपेली बजारमा सो कार करिब २३ हजार पाउण्ड मूल्यमा उपलब्ध छ ।

सो कारको सबैभन्दा ठूलो विशेषता भनेको यो कार करिब ५० वर्षसम्म चलाउन सकिन्छ । सो कार रिसाइकिलेबल र सजिलै मर्मत गर्न सकिन्छ । यसका लागि डिजाइन पनि फ्युचरिस्टिक राखिएको छ । कम्पनीका अनुसार सो कार २०१९ देखि बजारमा उपलब्ध भए तापनि हाल मात्र लन्च गरिएको हो ।

सिट्रोन ईभी १ हजार किलोग्राम छ । यसले सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा ४० केडब्ल्युएचको सिंगल ब्याट्री प्याक दिइएको छ । सो कार स्टिल र फाइबरबाट बनाइएको छ ।

ओलीको डिजाइन एसयूभीबाट प्रेरित छ । यो कार रिसाइकल सामग्रीबाट बनाइएको हो । यसको डिजाइन हुम्वीसँग मिल्दोजुल्दो छ र यसमा फ्ल्याट बोनेट दिइएको छ । कारको बुकिङ र डेलिभरीको बारेमा कम्पनीले अहिलेसम्म कुनै खुलासा गरेको छैन ।

सम्बन्धित समाचारहरू

चार्जिङ एन्जाइटी हटाउने बीवाईडीको ‘फ्ल्यास चार्जिङ’ प्रविधि हेर्ने अवसर (भिडियो सहित)

चार्जिङ एन्जाइटी हटाउने बीवाईडीको ‘फ्ल्यास चार्जिङ’ प्रविधि हेर्ने अवसर (भिडियो सहित)

हालै सम्पन्न बेइजिङ अटो शोमा सार्वजनिक भएको ‘फ्ल्यास चार्जिङ’ प्रविधि...

बेनेलीले ल्यायो आर्टिफिसियल एक्जस्ट साउन्ड जेनेरेटर सहितको इलेक्ट्रिक स्कुटर डोङ

बेनेलीले ल्यायो आर्टिफिसियल एक्जस्ट साउन्ड जेनेरेटर सहितको इलेक्ट्रिक स्कुटर डोङ

धेरै प्रतिष्ठित बाइक निर्माता कम्पनीहरु इलेक्ट्रिक स्कुटर उत्पादनमा...

एक्सपेङद्वारा उड्ने कार उत्पादन प्लान्टको निर्माण सुरु, बार्षिक १० हजार युनिट निर्माण गर्ने

एक्सपेङद्वारा उड्ने कार उत्पादन प्लान्टको निर्माण सुरु, बार्षिक १० हजार युनिट निर्माण गर्ने

चिनियाँ अटो निर्माता एक्सपेङले आफ्नो वहुप्रतिक्षित उड्ने कार कारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...