नेपाली बजारमा भित्रियो नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरिएन्ट

काठमाडौं – नेपाली बजारमा नेक्सन ईभीको नयाँ भेरिएन्ट ‘प्राइम’ भित्रिएको छ । भृकुटीमण्डमा आज देखि शुरु भएको नाडा ईभी एक्सपो २०२२ मा टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सो इलेक्ट्रिक कार सार्वजनिक गरेको हो ।

पहिले देखि नै नेपाली बजारमा रेगुलर नेक्सन ईभी र डार्क भेरिएन्ट रहेकोमा अब प्राइम समेत गरी तीन भेरिएन्ट उपलब्ध हुने भएको हो । यसको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यसमा रिजेनेरेशन सिस्टम, क्रुज कन्ट्रोल, स्मार्ट वाच कनेक्टीभिटी, इन डाइरेक्ट टायर प्रेसर मोनिटरिङ सिस्टम, रिजेनेरेशनको समयमा अटोमेटीक ब्रेक ल्याम्प जस्ता विभिन्न फिचर थप गरिएको छ । अन्य विभिन्न फिचर भने नेक्सन ईभी जस्तै छ ।

यसमा नेक्सन ईभीमा जस्तै ३०.२ किलोवाट आवर लिथियम आयोन ब्याट्री प्याक रहेको छ, जसले १२७ बीएचपी पावर र २४५ एनएम टर्क जेनेरेट गर्छ । सिंगल चार्जमा यसले ३१२ किलोमिटर रेन्ज दिने बताइएको छ । यो कार डस्ट र वाटरप्रुफ रहेको छ ।

सम्बन्धित समाचारहरू

सम्पन्न भयो निसान लिफको भर्चुअल सेसन, लिफको फिचर र वातावरणीय प्रभाव वारेमा छलफल

सम्पन्न भयो निसान लिफको भर्चुअल सेसन, लिफको फिचर र वातावरणीय प्रभाव वारेमा छलफल

काठमाडौं – विश्व विद्युतीय गाडी दिवस अर्थात वर्ल्ड ईभी डेको उपलक्ष्यमा...

चिनियाँ ईभी स्टार्टअपमा लिपमोटरले हासिल ग-यो शीर्ष स्थान

चिनियाँ ईभी स्टार्टअपमा लिपमोटरले हासिल ग-यो शीर्ष स्थान

न्यू ईनर्जी भेइकल उत्पादक लिप मोटर चिनियाँ स्टार्टअप कार ब्रान्डमा अगाडि...

हुन्डाई क्रेटा पनि इलेक्ट्रिकमा, २०२५ सम्ममा सार्वजनिक हुने अनुमान

हुन्डाई क्रेटा पनि इलेक्ट्रिकमा, २०२५ सम्ममा सार्वजनिक हुने अनुमान

काठमाडौं– मिड साइज एयूभीमा सर्बाधिक लोकप्रिय मोडल क्रेटालाई हुन्डाईले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...