सेप्टेम्बर २८ मा लन्च हुँदै टियागो ईभी : पेडल ड्राइभको साथै क्रुज मोड समावेश हुने

टाटा मोटर्सले आगामी सेप्टेम्बर २८ मा टाटा टियागोको इलेक्ट्रिक भर्सन लन्च गर्ने भएको छ । सो एसयूभी लन्च गर्नु अघि टाटा मोटर्सले यसको केही फिचर खुलासा गरिसकेको छ । टाटा टियागो बाहेक, टाटा मोटर्सले पहिले देखि नै नेक्सन ईभी र नेक्सन ईभी म्याक्स बिक्री गरिरहेको छ ।

टाटा टियागो पेट्रोल, सीएनजी र इलेक्ट्रिक भेरिएन्टमा उपलब्ध हुनेछ । टाटा मोटर्सले यसअघि टियागोको सीएनजी भर्सन लन्च गरिसकेको छ । टिगोर पनि ईभी भेरिएन्ट सहित पेट्रोल र सीएनजी भेरिएन्टमा उपलब्ध छ ।

टाटाले टियागो ईभीमा पेडल ड्राइभ टेक्नोलोजीका साथै क्रुज मोड पनि उपलब्ध हुने पुष्टि गरेको छ । यसको साथै एसयूभीमा बलियो रिजेनेरेटिभ ब्रेकिङ सिस्टम हुनेछ, जसले इलेक्ट्रिक ह्याचब्याकको ब्याट्री चार्ज गर्न मद्दत गर्नेछ । यसमा मल्टि मोड रिजन फक्शनेलिटी पनि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

टाटा टियागो ईभीमा नेक्सन ईभी र टिगोर ईभीमा जस्तै जिपट्रोन प्रविधि हुने अनुमान गरिएको छ । यसमा २१.५ केडब्ल्युएच र १६.५ केडब्ल्युएचको ब्याट्री समावेश गर्ने अनुमान गरिएको छ ।

टियागो ईभीमा टिगोर ईभी भन्दा ठूलो ब्याट्री जडान गरिनेछ । टिगोर ईभीले एक पटक चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज दिन्छ । टिगोर ईभीलाई डिसी फास्ट चार्जरको मदतले १ घन्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टाटा नेक्सन ईभी म्याक्स सार्वजनिक, ४३७ किमी रेन्ज, ठूलो ब्याट्री, फास्ट चार्जिङ विकल्प

टाटा नेक्सन ईभी म्याक्स सार्वजनिक, ४३७ किमी रेन्ज, ठूलो ब्याट्री, फास्ट चार्जिङ विकल्प

टाटा मोटर्सले भारतमा लङ रेन्ज दिने नयाँ इलेक्ट्रिक कार टाटा नेक्सन ईभी...

इलेक्ट्रिक र हाइब्रिड कारमा यसरी चार्ज हुन्छ टायरबाट ब्याट्री, यस्तो छ फाइदा

इलेक्ट्रिक र हाइब्रिड कारमा यसरी चार्ज हुन्छ टायरबाट ब्याट्री, यस्तो छ फाइदा

पेट्रोल–डिजेल सवारी साधनको तुलनामा इलेक्ट्रिक कारको इन्जिन...

काठमाडौंमा सुरु भयो दिपल एक्सचेन्ज कार्निभल, ईभीप्रेमीको उत्साहजनक सहभागिता

काठमाडौंमा सुरु भयो दिपल एक्सचेन्ज कार्निभल, ईभीप्रेमीको उत्साहजनक सहभागिता

एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा दिपल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...