स्केल फरक भए पनि नाडा अटो शो र नाडा ईभी एक्सपोमा इनर्जी उही छ

भोलि अर्थात असोज ६ देखि काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी एक्सपो २०२२ शुरु हुँदैछ । यसको सम्पूर्ण तयारी लगभग पुरा भएको छ । नेपालकै इतिहासमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई मात्र लक्ष्यित गरी हुन लागेको उक्त एक्सपो वारेमा नाडा ईभी एक्सपो २०२२ का सभापति अनुपकुमार बरालसँग गरिएको कुराकानी :

नाडा ईभी एक्सपो २०२२ को तयारी कस्तो छ ?
सबै ब्रान्डले स्टल प्लानिङ र अन्य कार्य गरिसक्नु भएको छ । अहिलेको सन्दर्भमा करिव ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । आफ्ना सवारी साधन डिस्प्ले गर्ने र ब्रान्डिङ गर्ने कार्यका लागि आवश्यक कार्य गरिसक्नु भएको छ ।

हामी भोलि ११ बजे नाडा ईभी एक्सपो २०२२ को उद्घाटन गर्ने गरी सम्पूर्ण तयारी पूरा गरिसकेका छौ । पहिले ठूलो खालको नाडा अटो शो भइरहेकोमा अहिले इलेक्ट्रिक भेइकल अर्थात ईभीका लागि मात्र हुन गइरहेको पहिलो एक्सपो भएकाले पनि सबै कम्पनीहरु निकै नै उत्साहित हुनुहुन्छ ।

नाडा ईभी एक्सपो २०२२ मा कस्ता कम्पनीहरुले भाग लिदै छन् ?
एक्सपोमा जम्मा ५१ स्टल रहने भएको छ । सो एक्स्पोमा ७ वटा व्राण्डका चार पाङ्ग्रे , एउटा तीन पाङ्ग्रे, १६ वटा व्राण्डका दुई पाङ्ग्रे, ३ वटा व्राण्डका टायर, २ वटा व्राण्डका ब्याट्री, ९ वटा कम्पोनेन्ट्स तथा ग्यारेज उपकरण कम्पनी एवं ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहने छ ।

पहिले हुँदै आएको नाडा अटो शो र नाडा ईभी एक्सपोमा कस्तो फरक हुनेछ ?
नाडा अटो शो एकदमै ठूलो स्केलमा हुने गरेको थियो । धेरै ब्रान्ड र त्यससँग सम्बन्धित पक्षहरुको सहभागिता हुन्थ्यो । तर ईभी एक्सपोमा एउटा फरक सेगमेन्टको मात्र सहभागिता हुँदैछ । पहिलो पटक हुन थालेकोले प्रदर्शकहरु पनि निकै उत्साहित हुनुहुन्छ । ईभी र यससँग सम्बन्धित सबै पक्षको यसमा सहभागिता हुँदैछ । यसले गर्दा नाडा अटो शो र नाडा ईभी एक्सपोमा स्केल मात्र फरक हो, तर इनर्जी उस्तै छ ।

विशेष गरी चीनबाट आयात हुने सवारी साधन आउन नपाएको अवस्था छ । यसको असर ईभी एक्सपोमा कस्तो पर्ने पाउनु भएको छ ?
हो, सवारी साधन आउन नपाएको अवस्था छ । कतिपय कन्टेनरहरु बाटैमा छन् भने कतिपय छुट्न नै पाएका छैनन् । यसले गर्दा प्रदर्शकहरुले चाहे जस्तो सवारी साधन प्रदर्शन गर्न नपाउने अवस्था भने भएको छ । यसको प्रत्यक्ष असर ईभी एक्सपोमा पर्ने भए पनि धेरै नयाँ ब्रान्ड र सवारी साधनका कारण अवलोकनकर्ताका लागि भने रौनक नै हुनेछ ।

एक्सपोबाट अवलोकनकर्ताले के फाइदा लिने अपेक्षा गर्नु भएको छ ?
हाल इलेक्ट्रिक भेइकलको वारेमा जति पनि भ्रमहरु छन्, ती सबै भ्रमहरुबाट उहाँहरु मुक्त हुने अपेक्षा हामीले गरेका छौ । इलेक्ट्रिक भेइकल र त्यससँग सम्बन्धित सबै पक्षहरुको वारेमा उहाँहरुले जानकारी पाउनु हुनेछ ।

सेमिनारमार्फत पनि विशेष जानकारी उपलब्ध हुन्छ कि ?
हो, हामीले नाडा ईभी चौतारी नामक सेमिनार समेत आयोजना गर्नेछौ । तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने छ । ईभी चौतारीको पहिलो दिन असोज ७ गते ईभी टेक्नोलोजी एन्ड इकोसिस्टमको वारेमा छलफल हुनेछ भने दोस्रो दिन असोज ८ गते फाइनान्सियल आस्पेक्ट्स अफ ईभीको वारेमा विभिन्न विज्ञहरुले आ–आफ्नो धारणा राख्ने छन् । अन्तिम दिन असोज ९ गते पोलिसिज फर प्रमोटिङ ईभीज बिषयमा छलफल हुने छ ।

यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरु देखि लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरी ज्ञान बाड्ने चौतारी हुनेछ ।

अन्य थप केही भनाइ छ कि ?
काठमाडौंमा हुनुहुने र बाहिरबाट आउनु भएका सबैलाई चार दिन सम्म यो नाडा ईभी एक्सपो २०२२ मा आएर अवलोकन गर्नु हुन अनुरोध गर्दछु । नेपालकै इतिहासमा पहिलो पटक हुँदै गरेको नाडा ईभी एक्सपो अवलोकन गर्नु हुन म यसको सभापतिको हैसियतले सबैमा विनम्र अनुरोध गर्दछु ।

सम्बन्धित समाचारहरू

अविष्मरणीय वर्ष २०७९ : अटोमोबाइल क्षेत्रमा संकट, अटो लोनमा बैंकहरुको उदासिनता

अविष्मरणीय वर्ष २०७९ : अटोमोबाइल क्षेत्रमा संकट, अटो लोनमा बैंकहरुको उदासिनता

अटोमोबाइल क्षेत्र बैंकहरुको प्राथमिकतामा पर्न छाडेका छन् । केही वर्ष...

नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोबाइल्स व्यवसायीलाई प्रशिक्षण

नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोबाइल्स व्यवसायीलाई प्रशिक्षण

बुटवल – नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी...

अटोमोबाइल उद्योगको आवाज सुनेर सरकारले ल्याएको निर्णयलाई नाडाले ग-यो स्वागत

अटोमोबाइल उद्योगको आवाज सुनेर सरकारले ल्याएको निर्णयलाई नाडाले ग-यो स्वागत

काठमाडौं – हालै जेन–जी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...