रोड सेफ्टी फिल्म फेस्टिभलमा ‘प्रबोध’ उत्कृष्ट फिल्म बन्न सफल
काठमाडौँ — नासा फाउन्डेसन नेपालको आयोजना, ग्लोबल एलायन्स अफ एनजिओज फर रोड...
अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए - FIA) को रिजन टु (Region-II) राउन्ड टेबलमा भाग लिन महासंघका वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई तथा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का अध्यक्ष दशरथ रिसाल भियतनामको हनोई पुगेका छन् । उनीहरु हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका हुन् ।
भोलि देखि शुरु हुने एसिया प्यासिफिक क्षेत्रका पदाधिकारीहरु, एफआईएका डेपुटी प्रेसिडेन्ट तथा महासचिव लगायतका अन्य पदाधिकारीहरु सम्मिलित उक्त राउन्ड टेबल एफआईएको साधारण सभा पछिको मुख्य कार्यक्रम मानिन्छ भने एसिया प्यासिफिक क्षेत्रकै सबैभन्दा महत्वपूर्ण र ठूलो सहभागिता ।
राउन्ड टेबलकै अवसरमा आज एसिया प्यासिफिक क्षेत्रीय मिटिङ समेत आयोजना हुँदैछ, जहाँ नासा नेपालका प्रमुख सल्लाहकार समेत रहेका गोविन्द भट्टराई कोषाध्यक्षको रुपमा कार्यरत छन् । जुन मिटिङले एफआईएको क्षेत्रीय कार्ययोजना सडक सुरक्षाको रणनीतिक योजना तथा गत वर्षको कार्यक्रमको समीक्षा गर्नेछ ।
त्यसैगरी कार्यक्रमको अन्तिम दिन युनिभर्सिटी प्रोग्राम अन्तर्गत ट्रेनिङ हुनेछ, जहाँ एफआईए फाउन्डेसन (FIA Foundation), आई-याप (IRAP) तथा युरोपका विश्व प्रसिद्ध विश्वविद्यालयहरुको सत्र हुनेछ भने यातायात व्यवस्थापन, दिगो विकास र पूर्वाधार, ग्लोबल नेटवर्किङ तथा विश्व अटो बजारका साझा मुद्दामा सहकार्य जस्ता विषयमा प्रस्तुति र छलफल हुनेछ ।
कार्यक्रमको दौरान नेपालको तर्फबाट ‘सुरक्षित यातायातको आधारको लागि नागरिक पहल’ विषयक प्रस्तुति समेत रहने छ ।
विश्वका २४७ संघ सदस्य रहेको एफआईएको नासा नेपाल एक सक्रिय सदस्य हो ।
काठमाडौँ — नासा फाउन्डेसन नेपालको आयोजना, ग्लोबल एलायन्स अफ एनजिओज फर रोड...
नासा नेपाल : एक परिदृष्यनेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) राष्ट्रिय खेलकुद...
ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...