बीवाईडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर सुरु, इलेक्ट्रिक कारका लागि अत्याधुनिक सुविधा

काठमाडौं – बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरी गौरीघाटमा अवस्थित आफ्नो भब्य सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।

उक्त सर्भिस सेन्टरको उद्घाटन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका थिए ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीले विगतदेखि एउटा उत्कृष्ट सर्भिस सेन्टर निर्माणको योजना तयार पारेका थियौं । बजारमा गाडीको संख्या वृद्धिसँगै सर्भिस सेन्टरको आवश्यकता बढ्दै गएकोले सुविधा सम्पन्न सर्भिस सेन्टर संचालनमा ल्याएका हौ ।’

नयाँ सर्भिस सेन्टरको उद्घाटनमा मन्तब्य राख्दै साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘हामी ग्राहकलाई उत्कृष्ट सेवा दिन चाहन्छौं । बढ्दो विद्युतीय सवारीसाधनको माग र त्यसमा आउन सक्ने समस्याको विषयमा सजग हुँदै अगाडि बढ्नु आज सबै विद्युतीय गाडी विक्रेताको जिम्मेवारी हो । त्यो जिम्मेवारीलाई पूर्ण आत्मबोध गर्दै हामीले स्टेट अफ आर्ट सर्भिस सेन्टर बनाएका हौं ।’

करिब २७ हजार स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टर उद्घाटन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘यस्ता सर्भिस सेन्टरहरु निर्माण हुनुपर्छ । देशभर सर्भिस सेन्टर र चार्जिङ नेटवर्कको विस्तार हुन सकेमात्रै सबै उपभोक्ताको विद्युतीय साधनमा आत्मबल बढ्छ । बीवाइडीले जसरी सर्भिस सेन्टर विस्तारमा काम गरेको छ यो फैलदै जाओस् ।’

अहिले ६ वटा वे निर्माण गरेर संचालनमा ल्याइएको यो सर्भिस सेन्टरमा ४ वटा वे पछि थप्न मिल्नेगरी तयार गरिएको छ । यहाँ गाडीलाई आवस्यक पर्ने स्पेयर पार्ट्सको वायर हाउस पनि तयार गरिएको छ ।

सम्बन्धित समाचारहरू

अर्को रोजाई : ‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक

अर्को रोजाई : ‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक

जाउँ गुरु प्रालिले ‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक गरेको छ ।   आईतवार...

सञ्चालनमा आयो नयाँ दमकल, महानगरपालिका प्रमुख साहद्वारा गरियो हस्तान्तरण

सञ्चालनमा आयो नयाँ दमकल, महानगरपालिका प्रमुख साहद्वारा गरियो हस्तान्तरण

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले...

स्कोडाले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार प्रस्तुत गर्ने

स्कोडाले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार प्रस्तुत गर्ने

स्कोडा अटोले आज नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...