महिन्द्राले गर्दैछ ५ नयाँ इलेक्ट्रिक एसयूभी ल्याउने तयारी

महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले आगामी केही वर्षमा इलेक्ट्रिक सवारीमा आफ्नो उत्पादन बढाउने भएको छ । कम्पनीले ईभी सेगमेन्टमा अत्यधिक लगानी गर्ने तयारी गरिरहेको बताएको छ ।

कम्पनीले केही वर्षमा ग्राहकहरु विस्तारै इलेक्ट्रिक सवारी साधनमा अग्रसर हुने अपेक्षा गरेको छ । केही वर्षमा २५ प्रतिशत ग्राहकहरु इलेक्ट्रिक एसयूभी खरिद गर्ने उत्सुक्ता जाग्ने र २ देखि ३ वर्षमा यस्को प्रभाव बढी हुने कम्पनीको भनाइ छ ।

कम्पनीले अबको ५ वर्षमा आफ्नो एसयूभीमध्ये २० – ३० प्रतिशत इलेक्ट्रिक हुने अपेक्षा गरेको छ । इको–फ्रेन्डली गाडीमा ठूलो बाजी लगाउँदै महिन्द्राले ५ वटा नयाँ इलेक्ट्रिक स्पोर्ट्स युटिलिटी भेइकल पेश गर्ने तयारी गरिरहेको छ । जसमध्ये ४ वटा डिसेम्बर २०२४ र २०२६ बीचमा बजारमा आउने अपेक्षा गरिएको छ । फ्लीट डिभिजन (जहाँ धेरै कारहरूको आवश्यकता पर्छ) चाँडै इलेक्ट्रिकमा सर्ने पनि जानकारी दिइएको छ ।

बजारमा पर्याप्त चार्जिङ स्टेशनको अभावका कारण व्यक्तिगत कारमा इलेक्ट्रिक ह्याचब्याक र सेडानको माग सुस्त हुने अनुमान गरिएको छ । एसयूभी सेग्मेन्टमा इन्ट्रि लेभल कार वा मिड साइजको इलेक्ट्रिक सवारी साधनले बजार ओगट्ने पनि कम्पनीको अपेक्षा छ ।

सम्बन्धित समाचारहरू

जावा ३५० अब नयाँ ब्लु कलरमा, यस्ता छन् महत्वपूर्ण अपडेट

जावा ३५० अब नयाँ ब्लु कलरमा, यस्ता छन् महत्वपूर्ण अपडेट

जावा ३५० बाइक हालै केही महत्वपूर्ण अपडेटका साथ सार्वजनिक गरिएको थियो । अब...

नेपालमा बिक्री शुरु हुन लागेको स्कर्पियो एनले पायो फाइभ स्टार रेटिङ

नेपालमा बिक्री शुरु हुन लागेको स्कर्पियो एनले पायो फाइभ स्टार रेटिङ

महिन्द्राको चर्चित एसयूभी स्कर्पियो एनले सेफ्टि टेष्टमा फाइभ स्टार रेटिङ...

सेडान भन्दा एसयूभी किन बढी लोकप्रिय ? यस्तो छ चार तथ्य

सेडान भन्दा एसयूभी किन बढी लोकप्रिय ? यस्तो छ चार तथ्य

कार खरिदकर्ताहरु सेडान कार धेरै मन पराउँछन् र सेडान कार हेर्दा लक्जरी कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...