रसुवागढी–केरुङ नाका आजबाट सञ्चालनमा आउने

कोरोना संक्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला हुने भएको छ । 

चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन् । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलका अनुसार चिनियाँ पक्षबाट व्यापारिक नाका खुला हुने सन्देश बुधबार पाएको हो ।

नेपाल भ्रमणमा रहेका चिनिया जनकंग्रेसका अध्यक्ष ली चान्शुले बिहिबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तामा पनि नाका खुलाउनेबारे जानकारी गराएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय रसुवालाई पनि नाका खोल्नेबारे सन्देश आएको हो । सन्देशमा कोरोना महामारीको संक्रमणका कारण बन्द गर्नु परेको र संक्रमण कम भएसँगै खुला गरिएको उल्लेख छ ।

सिन्धुपाल्चोकको तातोपानी नाका पनि एकतर्फी खुला भएको छ । चीनबाट नेपाली सामान बोकेका ११ वटा कन्टेनर दैनिक नेपालतर्फ आइरहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । खनालका अनुसार नेपालले  दुईतर्फी रूपमा सवारीसाधनको आवतजावत खुला हुनुपर्ने माग गर्दै आए पनि चीनले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन । कोरोना संक्रमण सुरु भएसँगै दुवै नाका तीन वर्षदेखि बन्द थिए ।

सम्बन्धित समाचारहरू

मापसे गरेर गाडी चलाउँदा बैशाख महिनामा १२ को मृत्यु, १७४ जना घाइते

मापसे गरेर गाडी चलाउँदा बैशाख महिनामा १२ को मृत्यु, १७४ जना घाइते

काठमाडौं – वैशाख महिनामा जाँडरक्सी खाएर गाडी चलाउँदा देशभर १ सय २४...

सुरुङमार्ग निर्माणमा खटिएका १६ कामदारमा कोरोना संक्रमण, यस्तो छ सुरुङको प्रगति

सुरुङमार्ग निर्माणमा खटिएका १६ कामदारमा कोरोना संक्रमण, यस्तो छ सुरुङको प्रगति

 नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणमा खटिएका १६ जना कामदारमा कोरोना...

शुक्रबार देखि होम डेलिभरी नहुने, खाद्यान्नका लागि यी नम्बरमा फोन गर्न सकिने

शुक्रबार देखि होम डेलिभरी नहुने, खाद्यान्नका लागि यी नम्बरमा फोन गर्न सकिने

काठमाडौँ — काठमाडौं उपत्यकामा भोलि जेठ १४ अर्थात शुक्रबारदेखि लागू हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...