इलेक्ट्रिक स्कुटरमा अफर : घरैबाट एसएमएस पठाउँदा १ लाख जित्न सकिने

काठमाडौं – नेपालमा विगत ३१ वर्ष देखि विभिन्न प्रतिष्ठित ब्रान्ड बिक्री–वितरण गर्दै आएको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको छ । लेभ्निङको सफर दशैँ तिहारमा डबल अफर नामक सो स्किम अन्तर्गत घरमै बसेर आफ्नो मोबाइलबाट अंग्रेजी अल्फाबेटमा ईभीनेपाल लेखेर स्पेस दिएर ११११ लेखे पश्चात ३५००१ मा एसएमएस पठाउँदा (EVNEPAL<space>1111 and send it to 35001) १ लाख रुपैयाँ सम्म छुट पाउन सकिने छ ।

त्यसैगरी शोरुम गएर शोरुमले दिएको कोडमा एसएमएस गरेर फेरि छुट पाउन सकिने छ । यसमा दुई पटक एसएमएसमार्फत डबल छुट पाउन सकिनेछ जसमा ७ हजार देखि ५ लाख सम्म छुट रकम म्यासेजमा आउने छ । म्यासेजमा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिनेछ । यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ र कुनै पनि पेट्रोल बाइकसँग सजिलै एक्सचेन्ज हुनेछ ।

लेभ्निङका स्कुटरमा जर्मन कम्पनी बोसको मोटर प्रयोग गरिएको छ, जसले फुल चार्जमा राम्रो माइलेज दिने हुनाले ग्राहकको माग बढ्दो रहेको कम्पनीको भनाइ छ । सो स्कुटरको ब्राण्ड एम्बेसडरमा मिस इन्टरनेसनल २०१७ विजेता नीति साह हुन् ।

इलेक्ट्रिक स्कुटर भएकाले चढेपछि खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने, सर्भिस र पार्ट्समा खर्च नहुने, वातावरण स्वच्छ हुने भएकाले दशैं स्किममार्फत यसमा अझै आकर्षण बढ्ने कम्पनीको भनाइ छ । यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।

नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्राण्डको रुपमा लेभ्निङ स्कुटरलाई चिनिन्छ । हाल नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।

काठमाडौं उपत्यकाको नक्साल, टेकु, भैसेपाटी, बाफल, गहबहाल र भक्तपुर तथा बनेपा, बुटवल, सुर्खेत, जनकपुर, विर्तामोड लगायत नेपालभरिको शोरुममा यसका लागि सम्पर्क गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

५०० किमीको ड्राइभिङ दिने किया ईभी९को टिजर जारीे, नोभेम्बर १७ मा लन्च हुने

५०० किमीको ड्राइभिङ दिने किया ईभी९को टिजर जारीे, नोभेम्बर १७ मा लन्च हुने

दक्षिण कोरियाली अटोमेकर किया मोटर्सले आफ्नो ईभी लाइनअप विस्तार गर्ने...

काठमाडौंमा चल्न थाले किङलङका विद्युतीय माइक्रोबस, विभिन्न स्थानमा चार्जिङ सुविधा उपलब्ध

काठमाडौंमा चल्न थाले किङलङका विद्युतीय माइक्रोबस, विभिन्न स्थानमा चार्जिङ सुविधा उपलब्ध

काठमाडौं – चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्स प्रालिले बिक्री–वितरण गर्दै...

मोटरसाइकल जोगाउँदा ईभी माइक्रो दुर्घटना : कलंकीमाई समिति

मोटरसाइकल जोगाउँदा ईभी माइक्रो दुर्घटना : कलंकीमाई समिति

काठमाडौं – कलंकीमाई विद्युतीय माइक्रोबस समितिले गत आइतबार रत्नपार्कमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...