हुन्डाईको नयाँ रणनीति : बिक्री वृद्धि, स्थानीय उत्पादन र ईभी विस्तार
काठमाडौं–भारतमा हुन्डाई मोटर इन्डियाले आर्थिक वर्ष २०२७ मा घरेलु बजारमा ८...
क्रसफायर वाइकको नेपालका लागी आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले ‘एड्भेन्चर राइड टु मनाङ क्याम्पेन’ आयोजना गर्ने भएको छ । असोज २३ गतेबाट शुरु हुने उक्त क्याम्पेन ५ दिनसम्म चल्नेछ । क्याम्पेनमा सहभागी हुन राइडरले ३० हजार रुपैयाँ खर्चनुपर्ने जनाइएको छ । इन्धनको जोहो भने राइडर आफैले गर्नुपर्नेछ ।
काठमाडौंबाट शुरु हुने यो राइडका क्रममा राइडरले मनाङको विभिन्न रमणिय स्थलहरुको अवलोकन समेत गर्न पाउनेछन् । त्यहाँ राइडरले विशेष ट्रायलमा वाइक कुदाउनेछन् । सथामा राइडरलाई मनोरन्जन प्रदान गर्न विभिन्न गतिविधी र गेमको आयोजना समेत गरिनेछ । राइडरको सुरक्षका लागी कम्पनीले विशेष व्यवस्था समेत मिलाएको छ ।
नेपाली एड्भेन्चर राइडरमाझ लोकप्रिय वनिरहेको क्रसफायरले यसअघि पनि विभिन्न स्थानमा एड्भेन्चर राइड आयोजना गरिसकेको छ । यसप्रकारको राइडले डर्ट वाइक पारखीलाई छुट्टै अनुभुती दिने र वास्तवमै एड्भेन्चर राइडको अनुभुती मिल्ने विश्वास कम्पनीले लिएको छ । यसप्रकारको क्याम्पेनले नेपालमा डर्ट वाइक समुदायको विकासमा समेत उल्लेख्य योगदान दिने कम्पनीको भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...