नेपालको पहिलो र एकमात्र राइड सेयरिङ बिमा पठाओमा : यस्ता छन् विशेषता
नेपालको पहिलो र एकमात्र राइड सेयरिङ बिमा पठाओमा उपलब्ध छ । पठाओले एभरेष्ट...
भीआईपी सवारीका कारण बुधबार पनि काठमाडौंका सडकमा यातायात प्रभावित हुने भएको छ।
नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले बुधबार पनि उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिने भएपछि बुधबार पनि दिनभर साको काठमाडौंका सडक प्रभावित हुने भएको हो । चान्शु नेतृत्वको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिउँसो साढे ३ बजे भेट्ने कार्यक्रम रहेको छ । त्यसअघि भक्तपुर दरबार अवलोकनको कार्यक्रम रहेको छ ।
उच्चस्तरीय भेटवार्ता र भ्रमणमा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरेको छ।
आज बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडिओ कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।
त्यस्तै आजै अपरान्ह साढे ३ बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ। उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयतामा रहेका चान्शुलाई सरकारले भिभिआइपी पाहुनाको सम्मान दिइरहेको छ । काठमाडौंमा हुने उनको सवारीमा प्रहरीले कडा सुरक्षा दिइरहेको छ।
नेपालको पहिलो र एकमात्र राइड सेयरिङ बिमा पठाओमा उपलब्ध छ । पठाओले एभरेष्ट...
काठमाडौं – सरकारी सवारी साधना आगामी फागुन मसान्त भित्रै अनिवार्य रुपमा...
सडकमा पहेँलो र सेतो रङले लेनको विभाजन गरेको देख्नु भएकै होला । प्रायः यसको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...