महिन्द्रा एक्सयूभी ७०० नेपालमा, यस्ता छन् आकर्षक विशेषता
काठमाडौं – नेपाली बजारमा औपचारिक रुपमा महिन्द्रा एक्सयूभी ७०० को बिक्री...
महिन्द्राले अल इलेक्ट्रिक सी–एसयूभी महिन्द्रा एक्सयूभी४०० सार्वजनिक गरेको छ । सो कार जनवरी २०२३ मा लन्च हुनेछ । यो एक पटक चार्जमा ४५६ किलोमिटर चल्ने र यसको टप स्पिड १६० किमी प्रतिघण्टा रहेको दाबी गरिएको छ । महिन्द्राको सो एसयूभीले टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।
महिन्द्राको सो नयाँ एसयूभीले ८.३ सेकेन्डमा ० देखि १०० किलोमिटरको गति लिने दाबी गरिएको छ । सो कारको मूल्य र भेरिएन्टको जानकारी भने खुलाइएको छैन । महिन्द्रा एक्सयूभी४०० ५ रङमा उपलब्ध हुनेछ । यसको रुफमा ड्युअल टोन अप्सन हुनेछ, जसमा साटन कपर फिनिश हुनेछ ।
सो इलेक्ट्रिक एसयूभीमा ६० भन्दा बढी लिडिङ कनेक्टिभिटी फिचरको साथमा स्मार्टवाचलाई पनि कनेक्ट गर्न सकिनेछ । यसमा २६०० एमएम ह्विलबेस, ३७८ लिटर बुट स्पेस, इलेक्ट्रिक स्टेयरिङ, थ्रोटल र रिजेरेसन रेस्पोन्स सिस्टम पनि उपलब्ध हुनेछ ।
यसमा स्पोर्टी मोड सहित ३ वटा ड्राइभिङ मोड हुनेछ । यसको लम्बाई ४२०० एमएम र चौडाइ १८२१ एमएम छ । सो एसयूभी डस्ट र वाटर प्रुफ पनि छ ।
काठमाडौं – नेपाली बजारमा औपचारिक रुपमा महिन्द्रा एक्सयूभी ७०० को बिक्री...
काठमाडौं–दक्षिण अफ्रिकामा बिक्री हुने कुल कारमा भारतिय उत्पादनको हिस्सा...
काठमाडौं–महिन्द्रा गाडिको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुप...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...