भिनफास्टको भीएफ५ अपडेटसहित लन्च, ३७० किलोमिटर रेन्ज दिने
भिनफास्टले कम्प्याक्ट इलेक्ट्रिक एसयूभी भीएफ५ को फेसलिफ्ट संस्करण...
जावा मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक अग्नि मोटोइंक प्रालिले दशैं तिहार लक्षित सारल फाइनान्स स्किम ल्याएको छ । सो अफर अन्तर्गत यो फेस्टिवल सिजनमा फाइनान्स सुविधासहित जावा मोटरसाइकल खरिद गर्न इच्छुक ग्राहकले ९ प्रतिशत व्याजदरमा यी मोटरसाइकल वुक गर्नसक्ने जनाइएको छ । साथै हरेक ग्राहकले इम्प्याक्ट प्रोटेक्सन प्रोफेसनल ज्याकेट र आकर्षक हेलमेट समेत उपहार पाउनेछन् ।
नेपाली बजारमा उपलब्ध जावा मोटरसाइकलको फोर्टी–टु, जावा र पेराक सबै मोडलमा लागु हुनेगरी यो स्किम ल्याइएको कम्पनीले बताएको छ । यस स्किममार्फत सबैबाट थप सकारात्मक प्रतिक्रिया पाउने विश्वास कम्पनीले लिएको छ ।
नेपाली बजारमा जावा क्लासिक सिंगल च्यानल एबीएसको मूल्य ७ लाख ५ हजार र डबल च्यानल एबीएसको मूल्य ७ लाख ३६ हजार रुपैयाँ छ । त्यसैगरी जावा फोर्टी टु सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ७३ हजार र ७ लाख ४ हजार रुपैयाँ तथा जावा पेराकको मूल्य ८ लाख २० हजार रुपैयाँ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...