हुन्डाईको नयाँ रणनीति : बिक्री वृद्धि, स्थानीय उत्पादन र ईभी विस्तार
काठमाडौं–भारतमा हुन्डाई मोटर इन्डियाले आर्थिक वर्ष २०२७ मा घरेलु बजारमा ८...
फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नयाँ अमार्क टिएक्स मिनी ट्रकलाई औपचारिक लन्च गरेको छ । आजैबाट औपचारिक बिक्री शुभारम्भ समेत गरिएको यो व्यावसायिक मिनी ट्रक नेपालको सबै मुख्य शहरहरुमा उपलब्ध हुने जनाइएको छ ।
व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको यो नयाँ ट्रक अटो क्षेत्रको सबैभन्दा पछिल्लो उन्नत इन्जिनियरिङमा आधारित रहेको दावी गरिएको छ । ४ हजार १३० किलोसम्म भार वहन क्षमता भएको यो ट्रकले प्रदान गर्ने माइलेज समेत उच्च रहेको कम्पनीको भनाई छ । ठूलो आकारको लोडिङ डेक सहितको यो ट्रकबाट उच्चतम नाफा आर्जन गर्न सकिने वताइएको छ
यो ट्रकमा इसुजु टेक्नोलोजीमा आधारित २.८ लिटर यूरो थ्रि डिजेल इन्जिन जडान गरिएको छ । जसले ३ हजार ६०० आरपिएममा ७६ किलोवाट पावर र १ हजार ९०० देखी २ हजार २०० सम्मको आरपिएममा २२५ एनएम टर्क जेनेरेट गर्ने दावी छ । यसको ह्विलवेश २ हजार ८०० मिलिमिटर र ग्राउन्ड क्लिरियन्स १९० मिलिमिटर रहेको छ । उच्च ग्राउन्ड क्लिरियन्सका कारण नेपालको जुनसुकै भुभागमा सहजै पुग्न सक्ने विश्वास लिइएको छ ।
कम्पनीका अनुसार यो पिकअप सबैभन्दा सुरक्षित, अत्यन्त एर्गोनोमिक र हिटर समेत भएको आरामदायी क्याबिन, एड्जस्ट गर्न मिल्ने स्टेरिङ ह्विल सहित बजारमा आएको हो । साथै यसमा सबै खाले अडियो–रेडियोहरु, अक्जुलरी र एमपि ३ रहेका छन्, जुन १२ भोल्ट ब्याट्री र १२० एएच ब्याट्री एम्पीयरयुक्त छन् । यसको मूल्य नेपाली बजारमा २५ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...