यी हुन नेपाली बजारमा उपलब्ध १२ मोडलका इलेक्ट्रिक मोटरसाइकल, नयाँ व्रान्ड पनि थपिँदै

विद्युतिय सवारीको लोकप्रियता बढेसंगै नेपाली बजारमा पछिल्लो समय नयाँनयाँ सेग्मेन्ट र ब्रान्डका यस्ता साधन आयत हुने क्रम बढिरहेको छ । नेपालमा अहिले १ दर्जन बढी फोर ह्विलर र ३ दर्जन हाराहारीमा इलेक्ट्रिक टु ह्विलर बिक्री भैरहेको छ । संख्याका हिसावले टु ह्विलरको उपस्थिती बढ्दै गएपनि यी साधनले कार सेग्मेन्टमा जत्तिको लोकप्रियता भने अझै कमाउन सकिरहेका छैनन् ।

इलेक्ट्रिक टु ह्विलरमा अहिले ग्राहाकलाई सवैभन्दा बढी छनोटको विकल्प स्कुटरमा रहँदै आएको छ । यससंगै मोटरसाइकल भने केही ब्रान्डले मात्र आयत गरी कारोबार गरिरहेका छन । इलेक्ट्रिक मोटरसाइकलमा नेपालको आफ्नै ब्रान्ड यात्रीदेखी कोमाकी, प्योर इभी, सुपर सोको, ओडीसी, मिकु र वान इलेक्ट्रिक सहित आधा दर्जन ब्रान्ड उपलब्ध छन् भने केही नयाँ व्रान्ड समेत भित्रिने तयारीमा रहेको वुझिएको छ ।

यात्रीका २ मोडल
यी ७ व्रान्डका इलेक्ट्रिक मोटरसाइकलमा नेपाली ब्रान्ड यात्रीको पि १ सवैभन्दा महंगो मोडल हो । ३ किलोवाट आवरको व्याट्री र १४ किलोवाट क्षमताको मोटर जडित यो मोटरसाइकलको मूल्य ५ लाख ६५ हजारदेखी ६ लाख १३ हजार रुपैयाँसम्म पर्छ । यो मोटरसाइकलले एकपटकको फुल चार्जमा ११० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यो ब्रान्डले अर्को प्रिमियम मोडल प्रोजेक्ट जीरोलाई भने १९ लाख ४९ हजारमा विक्री गर्दै आइरहेको छ ।

सुपर सोकोका ४ मोडल
इलेक्ट्रिक मोटरसाइकलमा चर्चा कमाउँदै गएको अर्को चिनियाँ ब्रान्ड सुपरसोकोसंग टिसी, टिएस स्ट्रिट हन्टर, टिसी वान्डरर र टिसी म्याक्स गरी कुल ४ वटा मोडल उपलब्ध छन् । जसमध्ये सवैभन्दा सस्तो टिसीमा ३ किलोवाट क्षमताको मोटर र ६० भोल्ट ३० एम्पियर आवरको व्याट्री प्याक जडान गरिएको छ । सिंगल र डवल व्याट्री अप्सनमा उपलब्ध यसको सिंगल व्याट्रीलाई २ लाख ९६ हजार र डवल व्याट्रीलाई ३ लाख ९० हजार रुपैयाँ पर्छ । यो मोटरसाइकलले एकपटकको फुल चार्जमा ८० र १६० किलोमिटर प्रदान गर्ने दावी छ ।

यसैगरी सवैभन्दा महंगो मोडल टिसी म्याक्सको मूल्य ४ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । यो मोटरसाइकलमा ५ किलोवाट क्षमताको मोटर र ७५ भोल्ट ४५ एम्पियर आवरको व्याट्री प्याक जडान गरिएको छ । यो मोटरसाइकललाई एकपटक फुल चार्ज गर्दा ११० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यसको अन्य २ मोडल टिएस स्ट्रिट हन्टर सिंगल व्याट्रीको ३ लाख ८० हजार र डवल व्याट्रीको ४ लाख ८० हजार रुपयाँ पर्छ भने टिसी वन्डररको सिंगल व्याट्रीलाई ३ लाख ९० हजार र डवल व्याट्रीलाई ४ लाख ९० हजार रुपैयाँ पर्छ ।

कोमाकी रेन्जर
क्रुजर स्टाइलको कोमकी रेन्जरमा ४ किलोवट क्षमताको मोटर र ७२ भोल्ट ५० एम्पियरको व्याट्री प्याक जडान गरिएको छ । ४ लाख ३५ हजार रुपैँया मूल्य निर्धारण गरिएको यो मोटरसाइकललाई एकपटक फुल चार्ज गर्दा यसले १८० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने दावी गरिएको छ ।

प्योर इभी इट्राइस्ट ३५०
केही समयअघिमात्र नेपाल भित्रिएको इट्राइस्ट ३५० मा ४ किलोवाट क्षमताको मोटर तथा ३.५ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । उक्त ब्याट्रीलाई एक पटक फुलचार्ज गर्दा १४० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यो मोटरसाइकलको मूल्य ४ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

मिकुका २ मोडल
मिकुको म्यक्स र सुपर गरी कुल २ मोडलका मोटरसााइकल उपलब्ध छन् । जसमध्ये म्यक्समा ६० भोल्ट २० एप्मिएरको व्याट्री तथा ८ सय वाट क्षमताको मोटर जडान गरिएको छ । यो मोटरसाइकललाई एकपटक फुल चार्ज गर्दा ६० किलोमिटर रेन्ज प्रदान गर्ने दावी छ । सथै यसको अर्को मोडल सुपरमा ७२ भोल्ट २० एम्पियरको डवल व्याट्री तथा ३ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो मोटरसाइकलले ८० किलोमिटर रेन्ज दिने दावी छ । यी मोटरसाइकलको मूल्य क्रमश २ लाख २४ हजार ९ सय र ३ लाख ९६ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

वान इलेक्ट्रीक क्रिडन
केहि दिनअघिमात्र नेपाल आएको वान इलेक्ट्रीकको क्रिडन मोटरसाइकलमा ५ किलोवाट क्षमताको मोटर र ३ किलोवाट आवरको व्याट्री प्याक दिइएको छ । जसले एक पटकको फुल चार्जमा १२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । यसको मूल्य ३ लाख ५० हजार निर्धारण गरिएको छ ।

ओडिसी इभोक्विस
यसअघि नेपाली भित्रिएर कारोबार थालिसकेको यो ब्रान्ड पुन नयाँ वितरकका साथ लन्च हुन लागिरहेको छ । जसको मूल्य हालसम्म सर्वाजनिक गरिएको छैन । यो मोटरसाइकलमा ३ किलोवाट क्षमताको मोटर र ४.२ किलोवाट आवर क्षमताको व्याट्री दिइएको छ । एकपटक फुल चार्ज गर्दा यसले १५० किलोमिटर रेन्ज प्रदान गर्ने दावी छ ।

ओवेन रोर
गोल्छा अर्गनाइजेशन अन्तर्गतको ई–मोटोले आयत गरी नेपाल ल्याउन लागेको ओवेन रोर केही समयपछि सार्वजनिक हुने तयारीमा छ । भारतीय ब्रान्डको यो मोटरसाइकलमा ४.४ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएको छ । यो मोटरसाइकललाई एकपटप फुल चार्ज गर्दा २०० किलोमिटरसम्म माइलेज दिने दावी गरिएको छ । यो इलेक्ट्रिक मोटरसाइलको टप स्पिड १ सय किलोमिटर प्रतिघन्टा रहेको छ । नेपालमा यो ३ लाख २५ हजार रुपैयाँ आसपासमा लन्च हुनसक्ने अनुमान लगाइएको छ ।

सम्बन्धित समाचारहरू

चर्चामा संसारकै सस्तो कार ओरा आर१, २० लाख सम्म मूल्यका साथ नेपाली बजारमा उपलब्ध हुने अपेक्षा

चर्चामा संसारकै सस्तो कार ओरा आर१, २० लाख सम्म मूल्यका साथ नेपाली बजारमा उपलब्ध हुने अपेक्षा

काठमाडौं – केही दिन पहिले सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे...

व्याट्री महंगो भएपछि टियागो इभीको मूल्य ४ प्रतिशत सम्मले बृद्धि हुने

व्याट्री महंगो भएपछि टियागो इभीको मूल्य ४ प्रतिशत सम्मले बृद्धि हुने

टाटा मोटर्सले आफ्नो कम मूल्यको इभी टियागोमा ४ प्रतिशतसम्मले मूल्य बृद्धि...

हिरोले नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने, टिजर सार्वजनिक

हिरोले नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने, टिजर सार्वजनिक

हिरो इलेक्ट्रिकले चाँडै नै नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...