अब महिन्द्रा एक्सयूभी ७०० : प्रिमियम फिचर सहित लन्च हुँदै महिन्द्राको नयाँ एसयूभी
महिन्द्राले बुधबार ग्लोबल एसयूभी प्रोजेक्टको नाम घोषणा गरेको छ जसको...
महिन्द्रा एण्ड महिन्द्राका अध्यक्ष आनन्द महिन्द्राले एक्सयूभी४०० को टिजर ट्विटरमा सेयर गरेका छन् । सो इलेक्ट्रिक कार कम्पनीले सेप्टेम्बर ८ मा लन्च गर्नेछ । महिन्द्राले हालै नयाँ स्कोर्पियो एन र स्कोर्पियो क्लासिक लन्च गरेको छ ।
यो एक्सयूभी ३०० प्लेटफर्ममा आधारित कार भएको अनुमान गरिएको छ । अनुमान अनुसार यसको लम्बाई ४.२ मिटर हुनेछ ।
रिपोर्टका अनुसार यसको डिजाइन एक्सयूभी ३०० भन्दा फरक हुनेछ । यसमा नयाँ डिजाइन गरिएको टेलगेट र बम्पर डिजाइन समावेश गरिएको छ । टेलल्याम्पको डिजाइन पनि परिवर्तन गरिएको छ । एक्सयूभी ४०० मा नयाँ हेडलाइट, क्लोज्ड फ्रन्ट ग्रिल र अलोय ह्विल समावेश छ । यस कारमा २ वटा ब्याट्रीको विकल्प हुनेछ । यसमा ३५०वी र ३८०वीको पावरट्रेन हुनेछ ।
एक्सयूभी४०० ले फुल चार्जमा ३०० देखि ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ । सो कारले टाटाको नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।
सो कार पहिलो पटक सन् २०२० मा ईएक्सयूभी३०० को नामले अटो एक्सपोमा सार्वजनिक गरिएको थियो । महिन्द्राले भारतमा ८ वटा इलेक्ट्रिक कार लन्च गर्ने घोषणा पनि गरेको थियो ।
महिन्द्राले बुधबार ग्लोबल एसयूभी प्रोजेक्टको नाम घोषणा गरेको छ जसको...
काठमाडौं – महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि...
काठमाडौं – महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डीभी’...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...