बिक्री बढेसंगै भारत वन्यो स्कोडाको तेस्रो ठूलो बजार

यो वर्षको ८ महिनामा स्कोडाले भारतमा कीर्तिमानी सेल्स रेकर्ड हासिल गरेको छ । जनवरीदेखी आगस्टसम्म कुल ३७ हजार ५६८ कार बिक्री गरेको स्कोडाका लागी भारत तेस्रो ठूलो बजार वनेको छ । जुन सोही समय अवधिमा जर्मन र चेक रिपव्लिकमा बिक्री भएको संख्यापछि तेस्रो धेरै हो । अगष्ट महिनमा मात्र यो व्रान्डले भारतमा कुल ४ हजार २२२ युनिट कार बिक्री गरेको थियो । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १० प्रतिशतले बढी हो ।

अघिल्लो वर्षमा बिक्री भएको कुल संख्या भन्दा बढी गाडी यो वर्षको ८ महिनामै बिक्री भएपछि भारतीय बजारमा यो व्रान्डको उपस्तिथी अझै बलियो वन्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार यो वर्ष अघिल्लो वर्षको तुलनमा बिक्री दोव्वरले बृद्धि हुने अनुमान लगाइएको छ । जसले स्कोडाको विश्वव्यापी बजार हिस्सामा सुधार ल्याउन मद्धत गर्नेछ ।

केही समयअघिमात्र लन्च भएका २ नयाँ कार कुशाक र स्लाभियालाई भारतीय ग्राहकले रुचाउन थालेपछि स्कोडाको बजारमा सुधार आउन थालेको हो । यी गाडीको माग भारतमा अहिले पनि उच्च रहँदै आएको छ भने नेपालसहित अन्य छिमेकी राष्ट्रहरुमा समेत लोकप्रिय वनिरहेका छन् । कम्पनीले अर्को वर्ष सुपर्व र कोडियाकको नयाँ जेनेरशेन लन्च गर्ने तयारी गरिरहेको छ ।

साथै यो व्रान्डको पहिलो इलेक्ट्रिक कार इनायक आइभी ४ को समेत अहिले रोड टेष्ट भैरहेको छ । यो कारलाई उसले भारतीय बजारमा अर्को वर्ष लन्च गर्ने तयारी गरिरहेको छ । इलेक्ट्रिक र कम्वस्चन दुवै सेग्मेन्टका गाडीमा जोड दिँदै आगामी दिनमा भारतीय बजारमा दह्रिलो बजार हिस्सा ओगट्ने कम्पनीले योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

फोटोन मोटर्सको विश्व स्तरीय एम्बुलेन्स अब नेपालमा, यस्तो छ विशेषता

फोटोन मोटर्सको विश्व स्तरीय एम्बुलेन्स अब नेपालमा, यस्तो छ विशेषता

काठमाडौं – फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल...

फच्र्युनरसँग प्रतिस्पर्धा गर्न जिपको नयाँ एसयूभी मार्च २९ मा लन्च हुने

फच्र्युनरसँग प्रतिस्पर्धा गर्न जिपको नयाँ एसयूभी मार्च २९ मा लन्च हुने

जिपको नयाँ थ्री रो एसयूभी जिप मेरिडियन मार्च २९ मा ग्लोबल लन्च हुने भएको छ,...

४ दिनपछि कुसाकको नयाँ भेरियन्ट लन्च हुने, ब्ल्याक आउट लुक र एड्भान्स फिचर प्रमुख आकर्षण

४ दिनपछि कुसाकको नयाँ भेरियन्ट लन्च हुने, ब्ल्याक आउट लुक र एड्भान्स फिचर प्रमुख आकर्षण

स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकको मोन्टे कार्लो भेरिएन्ट यसै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...