फक्सवागनले ल्यायो Unbeatable Festive Offer, ०.९९ प्रतिशतमै गाडी

काठमाडौं – फक्सवागन गाडीको लागि नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले यो वर्षको दशैं र तिहारको शुभ अवसरलाई लक्षित गर्दै Unbeatable Festive Offer योजना ल्याएको छ ।

यो योजना अन्तर्गत फक्सवागनका प्रिमियम चार पाङ्ग्रे सवारी साधनको खरिदमा ग्राहकहरुले ०.९९ प्रतिशतबाट सुरु हुने गरि न्यूनतम ब्याजदरको लाभ प्राप्त गर्न सक्छन् । नयाँ कार किन्न र प्रिमियम कार संस्कृतिमा स्विच हुन खोज्ने गाडीप्रेमीहरुलाई, यो अफर सबैभन्दा राम्रो अफर हो ।

Unbeatable Cars, Unbeatable Offers ट्यागलाइनका साथ सुरु हुने यो योजनामा उत्कृष्ट जर्मन–इन्जिनियर कारमा ‘उत्कृष्ट फाइनान्स’ सुविधा प्राप्त हुनेछ। साथै, टेस्ट ड्राइभको लागि शोरुम भ्रमण गर्ने एक भाग्यशाली विजेताले नेपालको सबैभन्दा विलासी रिसोर्टमा स्टेकेशन जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

यो योजना सेप्टेम्बर १ गतेदेखि देशभर लागु हुँदैछ। उत्कृष्ट उपभोक्तामुखी यो योजना सीमित समयको लागि मात्र मान्य हुनेछ। यो चाडपर्वको अवसरमा उत्कृष्ट अफर लिन र घरमा खुसी ल्याउन तपाइँको नजिकको फक्सवागन शोरुममा जान नभुल्न समेत कम्पनीले सुझाव दिएको छ ।

फक्सवागनका टाइगुन हाइलाइन र टपलाइन तथा टिगुआन अल स्पेसमा ०.९९ प्रतिशत तथा पोलोमा ९.९९ प्रतिशत ब्याजदर उपलब्ध हुनेछ ।

पूजा इन्टरनेसनलले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ। फक्सवागनका गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकोले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छन्। जसले यसलाई नेपालको निकै रुचाइएको ब्रान्ड पनि बनाएको कम्पनीको भनाइ छ। नेपालमा फक्सवागनका १० भन्दा बढी सोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् ।

सम्बन्धित समाचारहरू

युरोपेली स्टाइलको फक्सवागन टाइगुनमा हुनेछन् यस्ता फिचर : आइतबार सार्वजनिक हुँदै नेपालमा

युरोपेली स्टाइलको फक्सवागन टाइगुनमा हुनेछन् यस्ता फिचर : आइतबार सार्वजनिक हुँदै नेपालमा

काठमाडौं – भारतीय बजारमा केही दिन पहिले फक्सवागन टाइगुन कम्प्याक्ट एसयूभी...

ह्यावलको थर्ड जेन एच६ एसयूभी अब नेपालमा, यस्तो छ मूल्य र विशेषता

ह्यावलको थर्ड जेन एच६ एसयूभी अब नेपालमा, यस्तो छ मूल्य र विशेषता

चीनको प्रसिद्ध अटोमोबाइल कम्पनी ग्रेटवाल अन्तर्गतको कम्पनी ह्यावलको...

ठूलो बनेर आयो नयाँ टीग्वान, डिजाइन, फिचर र प्रविधीमा ब्यापक परिमार्जन

ठूलो बनेर आयो नयाँ टीग्वान, डिजाइन, फिचर र प्रविधीमा ब्यापक परिमार्जन

फक्सवागनले आफ्नो लोकप्रिय एसयूभी टीग्वानको थर्ड जेनेरेशन सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...