अब बाइक वा स्कुटरमा मोबाइल स्ट्यान्ड राख्न नपाइने, २० हजार सम्म जरिवाना हुने

काठमाडौं – मोटरसाइकल वा स्कुटरमा अब मोबाइल होल्डर वा स्ट्यान्ड राख्न नपाइने भएको छ । मोटरसाइकल कम्पनीबाट बनेर आएको भन्दा बाहेक पनि पाटपूर्जा परिवर्तन गर्ने र थप्ने क्रम बढेको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कडाइ गर्ने भएको हो ।

ट्राफिक प्रहरीले यसलाई मोडिफाईको रुपमा अथ्र्याएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले कानुनमा भएको व्यवस्था लागू गर्न लागिएको बताए । हाल यसको वारेमा सचेतनामूलक कार्यक्रम गरिरहेको र छिट्टै नै यसलाई कार्यान्वयनमा ल्याउने उनको भनाइ छ ।

बाइकमा कुनै पनि किसिमको मोबाइल स्ट्यान्ड राख्दा वा अन्य मोडिफाई गर्दा ट्राफिक प्रहरीले ५०० देखि दुई हजार रुपैयाँसम्म जरिवाना तिराउने व्यवस्था छ ।

यदि थप अटेर गरे वा नियम नमानेको पाइएमा यातायात कार्यालय पठाइने उनको भनाइ छ । यातायात कार्यालय पठाएमा न्यूनतम ५ हजार देखि २० हजार रुपैयाँ सम्म जरिवाना लाग्ने उनको भनाइ छ ।

हाल विशेषतः राइड शेयर सेवा दिने दुईपाग्रे सवारीसाधनले विभिन्न किसिमका मोबाइल स्ट्यान्ड राख्दै सेवा दिदै आएका छन् । प्रहरीले मोबाइल स्ट्यान्डका कारण विकृति बढेको र दुर्घटनाको जोखिम पनि बढेको भन्दै कारवाही थालेको बताएको छ ।

सम्बन्धित समाचारहरू

ल्हेन्दे खोलाको बाढीले ट्रक व्यवसायीलाई लाखौँको क्षति, आवश्यक पहल गर्न आग्रह

ल्हेन्दे खोलाको बाढीले ट्रक व्यवसायीलाई लाखौँको क्षति, आवश्यक पहल गर्न आग्रह

काठमाडौं – गत असार २४ गते चीनको ल्हेन्दे खोलामा गएको विनाशकारी बाढीका...

सार्वजनिक सवारीमा सुरक्षा संस्कार: यात्रुको अधिकार र कर्तव्य

सार्वजनिक सवारीमा सुरक्षा संस्कार: यात्रुको अधिकार र कर्तव्य

यातायातका साधनहरू आधुनिक जीवनका अभिन्न अङ्ग बनिसकेका छन् । रोजगार, शिक्षा,...

काठमाडौं उपत्यकामा सडक दुर्घटनाका घटनामा आयो कमी, यस्तो छ तथ्य र कारण

काठमाडौं उपत्यकामा सडक दुर्घटनाका घटनामा आयो कमी, यस्तो छ तथ्य र कारण

काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा दुर्घटना र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...