नर्वे : प्रत्येक १० नयाँ कारमा ९ युनिट ईभी बिक्री
सन् २०२४ मा नर्वेमा बिक्री भएका प्रत्येक १० नयाँ कारमध्ये ९ वटा ईभी रहेको...
ग्रेटवाल मोटर्स (जीडब्लुएम) ले चीनमा चलिरहेको चेङदु मोटर शो २०२२ मा आफ्ना ६ मोडल प्रदर्शन गरिरहेको छ । विभिन्न मिडिया आउटलेट र एक्जिविसन हलमा कम्पनीले विभिन्न आई–क्याचिङ न्यु इनर्जी मोडल डिस्प्ले गरेको छ ।
जीडब्लुएम अन्तर्गतका ह्यावल, ट्यांक र वेईले विभिन्न हाइब्रिड इलेक्ट्रिक भेइकल उपलब्ध गराएका छन्, जसले जीडब्लुएमको हाइब्रिड प्रोडक्ट म्याट्रिक्सलाई अझै फेलाउने कार्यमा सहयोग गर्नेछन् ।
अन्य दुई प्योर इलेक्ट्रिक ब्रान्ड ओरा र सारले समेत आफ्नो इनोभेटिभ फर्म र फरक स्टाइलका कारण धेरैको ध्यान खिच्न सफल भएका छन् ।
ह्यावल ब्रान्ड अहिले ‘न्यु इनर्जी एसयूभी एक्सपर्ट’ को रुपमा परिचित बनेको छ । ह्यावलले एच६–एचईभी, एच६–पीएचईभी र एच–डीओजी जस्ता न्यु इनर्जी भेइकल मोडल डिस्प्ले गरेको छ । ती मध्ये ह्यावल एच–डीओजी चाहिं न्यु इनर्जी हाइब्रिड एसयूभी हो, जुन त्यहीबाट ग्लोबल डेब्यु गरिएको छ । यसमा १.५टी सहित डीएचटी र पीएचईभी पावरट्रेन रहेको छ, जसको समग्र पावर २४० किलोवाट र टर्क ५३० एनएम छ । कोजियर ड्राइभिङ स्पेस सहितको यो गाडीले ब्रोडन लाइफ बाउन्डरीका लागि प्रयोगकर्तालाई सहज बनाउछ ।

ग्लोबल मार्केटका लागि आगामी दिनमा ह्यावलले धेरै उत्पादन बजारमा ल्याउने गरी कार्य गरिरहेको र यसैको संकेतको रुपमा हाल केही मोडल सार्वजनिक गरेको बताइएको छ ।
ट्यांकले पनि हाल ट्यांक३०० एचईभी र ट्यांक५०० पीएचईभी डिस्प्ले गरेको छ । पावरफुल न्यु इनर्जी पावर सहितका यी गाडीले रिलायबल र स्टेबल अफरोड क्यापाबिलिटीलाई एकीकृत गर्ने कम्पनीको भनाइ छ । ग्राहकले यसबाट एकै समयका ग्रीन र कन्भेनियन्ट ट्राभलका साथ अफरोड अनुभव लिन सक्छन् ।
त्यसैगरी वेईले चाइनिज बजारका लागि लात्ते डीएचटी–पीएचईभीका साथै समग्र बजारका लागि कफि ०१ र अन्य हाई–इन्ड इन्टेलिजेन्ट न्यु इनर्जी मोडल उपलब्ध गराएको छ । कफि ०१ चाहिं युरोपेली बजारमा प्रवेश गरेको वेईको पहिलो मोडल हो र यसलाई विशेष गरी औद्योगिक व्यवसायी र स्थानीयले निकै नै मन पराएका थिए ।
जीडब्लुएमले न्यु इनर्जी क्षेत्रमा कार्य गर्नका लागि एक विकास रणनीति स्थापित गरेको छ, जस अन्तर्गत हाइब्रिड इलेक्ट्रिक र प्योर इलेक्ट्रिक क्षेत्रमा कार्य गर्नका लागि मल्टिपल टेक्नोलोजी रुटको प्रयोग गरिने छ ।
त्यसैगरी प्रयोगकर्ताहरुलाई ग्रिनर, सेफर र स्मार्टर प्रोडक्ट उपलब्ध गराउनका लागि आर एन्ड डीको क्षेत्रमा सन् २०२५ सम्ममा १०० बिलियन युआन खर्च गर्ने बताएको छ । २०२५ स्ट्राटेजी ग्लोबल लन्च कन्फ्रेन्समा कम्पनीले सन् २०२५ सम्ममा जीडब्लुएमका न्यु इनर्जी भेइकलले ८० प्रतिशत स्थान ओगट्ने कम्पनीले घोषणा गरेको थियो ।
ह्यावल ब्रान्डको न्यु इनर्जी स्ट्राटेजी कन्फ्रेन्समा जीडब्लुएमका अध्यक्ष मु फेङले ‘जीडब्लुएमको न्यु इनर्जी स्ट्राटेजी फुल स्विङमा कार्यरत रहेको’ बताएका थिए ।
जीडब्लुएम अन्तर्गत विभिन्न ब्रान्डका सवारी साधन उत्पादन हुन्छन् । जीडब्लुएमसँग हाल ह्यावल, वेई, ओरा र जीडब्लुएम गरी चार ब्रान्डहरु छन् । नेपाली बजारमा पनि ह्यावल, ओरा र जीडब्लुएम ब्रान्डका सवारी साधन उपलब्ध छन् । नेपालमा भीजी इम्पेक्सले यी ब्रान्डको कारोबार गरिरहेको छ ।
सन् २०२४ मा नर्वेमा बिक्री भएका प्रत्येक १० नयाँ कारमध्ये ९ वटा ईभी रहेको...
काठमाडौं – नेपालको विश्वासिलो ट्याक्सी फ्लिट मेट्रो अनलाइन ट्याक्सीले...
बुटवल – नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...