गाडी आयतमा प्रतिवन्धको असर राजश्व संकलनमा देखियो, पहिलो महिनामै ६ अर्वले आयो कमी

सवारी साधन आयतमा लागु गरिएको प्रतिवन्धको असर राज्यले संकलन गर्ने राजश्वमा देखापरेको छ । कम्वस्चन इन्जिनयुक्त प्यासेन्जर कार र १५० सिसी माथीका मोटरसाइलको आयतमा लागु गरिएको प्रतिवन्धको साथै स्पेयर पार्ट्सको आयतमा समेत कमी आएपछि चालु आर्थिक वर्षको पहिलो महिनामा राजश्व संकलन कम भएको हो ।

साउन महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६ अर्व हाराहारीले राजश्व कम संकलन भएको भंसार विभागको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ४ अर्ब ६४ करोड १८ लाख २४ हजार रुपैयाँको सवारी तथा पार्टपुर्जा आयात भएको भन्सार विभागको तथ्यांक छ । उक्त मूल्यको सवारी तथा पार्टपुर्जा आयात बापत सरकारले जम्मा ३ अर्ब ६७ करोड ८१ लख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

गत आव २०७८÷७९ को साउनमा मात्र १० अर्ब १४ करोड ५४ लाख ५० हजार रुपैयाँ बराबरको सवारी तथा पार्टपुर्जा आयात भएको थियो । यस बापत राज्यले ९ अर्ब ४७ करोड २३ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५ अर्व ८० करोडले कम हो ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सवारी साधनको आयातमा बैशाख १३ गतेदेखि प्रतिबन्ध लगाएको थियो । बैशाख १३ देखि लगाएको आयात प्रतिबन्धलाई असार मसान्तसम्म लागु गरिएको उक्त प्रतिवन्धलाई पछि थप परेर भदौ १३ सम्म लम्वाइएको छ ।

सो समय अबधी पनि सकिनै लाग्दा समेत सरकारले आयत सुचारु गर्ने कुनै संकेत नदेखाएका कारण प्रतिवन्ध अझै लम्विने अनुमान लगाइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...