टुनल्यान्ड ई को अपग्रेडेड भर्सन ई प्लस नेपाली बजारमा

फोटोन मोटर्सको नेपालका लागि आधिकारिक वितरक एमडव्लू वृद्धि कमर्सिय भेइकलले टुनल्यान्ड ईको अपग्रेडेड भर्सन ई प्लसलाई नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ भर्सन पावर तथा पर्फमेन्स र विश्वसनीयताको अद्भूत संयोजन रहेको कम्पनीले बताएको छ ।

यो नयाँ भर्सनमा नयाँ २.० एल इनलाइन इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १४९.५५ एचपी र ३२० एनएम रहेको छ । ६– स्पीडयु म्यानुअल ट्रान्समिसन जडान गरिएको यो पिकअपलाई नेपालको जुनसकै भुभागमा चालउन सकिने दावी गरिएको छ ।

यो नयाँ पिकअपमा इलेक्ट्रिक ब्रेक वितरण प्रणाली भएको थप विस्तारित ब्रेकिङ्ग प्रणाली एबिएस समेत उपलब्ध गराइएको छ । कम्पनीका अनुसार, इबिडि प्रणाली सहितको एबिएसले गाडीको पाङ्ग्रामा भारको परिमाण अनुमान गर्न हरेक पाङ्ग्राको छिटो गति वा ढिलो गतिको जाँच गर्दछ । जसले गर्दा चुनौतीपूर्ण अवस्थामा ब्रेक लगाउनु पर्दा स्टेयरिङलाई बढी नियन्त्रण गर्न सकिन्छ र केही परिस्थितिहरु जस्तै गिलो सडकमा रोक्नको लागि दूरीहरु कम गर्न मद्दत गर्छ ।

साथै यसले १०५० केजीसम्मको भार बहन गर्न सक्ने क्षमता राख्दछ । २२० एमएम ग्राउन्ड क्लिरियन्सका कारण नेपाली बाटो सुहँउँदो समेत रहेको छ । यसमा उत्कृष्ट टच स्क्रिन र रियर भ्यू क्यामरा समेत उपलब्ध गराइएको छ ।

आकर्षक डिजाइनमा तयार पारिएको यो गाडीको अग्र भागको केन्द्रमा फोटोन लोगोयुक्त ठूलो ३ धर्के क्रोम गरिएको ग्रिल राखिएको छ । प्रोजेक्टर हेडल्याम्प र सूचकहरु एउटै हाउजिङ्गमा एकीकृत गरिएका छन् । यसमा थप नयाँ परिवर्तन स्वरुप एलइडि डिआरएलहरु सबै नयाँ राखिएका छन् । पिकअपमा रनिङ्गबोर्ड, क्ल्याम्पर, एन्टी–रोल ओभर बार र बेड लाइनर लगायतका धेरै उत्कृष्ट उपकरणहरु पनि रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

आयो नयाँ जिप कम्पास ट्रेलहक, बन्यो अझै अफरोड ड्राइभिङमैत्री

आयो नयाँ जिप कम्पास ट्रेलहक, बन्यो अझै अफरोड ड्राइभिङमैत्री

जिप इन्डियाले भारतीय बजारमा जिप कम्पास ट्रेलहक लन्च गरेको छ । केही दिन...

स्कोडाले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार प्रस्तुत गर्ने

स्कोडाले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार प्रस्तुत गर्ने

स्कोडा अटोले आज नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ ।...

८० लाखदेखि १ करोड ४० लाख रेन्जमा हुन्डाई टुसान र जिप कम्पासबीच कडा टक्कर

८० लाखदेखि १ करोड ४० लाख रेन्जमा हुन्डाई टुसान र जिप कम्पासबीच कडा टक्कर

बिलासी र महंगो एसयूभी चाहनेहरुका लागि नेपाली बजारमा थुप्रै ब्रान्डका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...