टेस्ला मोडल ३ लाई माथ दिने दिपल एल०७, नाडामा प्रदर्शन गरिने गाडीमा के छन् विशेष फिचर ?
११ भाद्रबाट सुरु हुने नाडा अटो सोमा विभिन्न ब्रान्डहरुले नयाँ नयाँ...
काठमाडौं – मिस युनिभर्स नेपाल २०२२ अन्तर्गत आश्मा केसी मिस इको इन्फिनिटी बनेकी छिन् । हिजो सम्पन्न ग्रान्ड फिनालेमा केसीले सो उपाधि प्राप्त गरी नियुको इलेक्ट्रिक स्कुटर प्राप्त गरेकी हुन् ।
नेपालमा नियु इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक इको इन्फिनिटीले सो पुरस्कारको प्रायोजन गरेको हो । विजेता आश्मा केसीलाई इको इन्फिनिटी प्रालिका डाइरेक्टर प्रगुन राजभण्डारीले स्कुटरको साँचो र अन्य पुरस्कार हस्तान्तरण गरे ।
मिस इको इन्फिनिटीले युक्युआईएम मोडलको स्कुटर पाउने छिन् । यसको मूल्य १ लाख ४५ हजार रुपैयाँ छ ।
त्यसैगरी इको इन्फिनिटीले अन्य दुई स्कुटर समेत दिनेछ । मिस युनिभर्स नेपालले एनक्युआई स्पोर्ट इलेक्ट्रिक स्कुटर पाउने छिन् । यसको मूल्य ३ लाख ४८ हजार रुपैयाँ छ । त्यसैगरी आयोजक संस्थाले एमक्युआई प्लस स्पोर्ट स्कुटर प्राप्त गर्नेछ । यसको मूल्य २ लाख ५५ हजार रुपैयाँ छ ।
हिजो सम्पन्न ग्रान्ड फिनालेमा मिस युनिभर्स नेपाल २०२२ को उपाधि सोफिया भुजेलले जितेकी छिन् । सोफिया मिस युनिर्भस नेपालको तेस्रो संस्करणको विजेता बनेकी हुन् ।

सोफियालाई गत वर्षकी मिस युनिभर्स नेपाल सुजिता बस्नेतले ताज पहिर्याइन् । सोफियाले सोसल इम्प्याक्टर लिडर अवार्ड समेत जितिन् ।
उमङ्ग क्रिएसनले आयोजना गरेको मिस युनिभर्स नेपालको उपाधि विजेता सोफियाले १० लाख रुपैयाँ नगदसहित इलेक्ट्रिक स्कुटर पुरस्कार पाएकी छिन् । यसका साथै अब उनले ७१औँ मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
प्रतियोगितामा फस्ट रनर्सअपको उपाधि विपना अधिकारीले जितिन् भने सेकेन्ड रनर्सअपको उपाधि आश्मा केसी, थर्ड रनर्सअपको उपाधि सेफिना जोशी तथा फोर्थ रनर्सअपको उपाधि मोनालिसा पराजुलीले जित्न सफल भए ।
११ भाद्रबाट सुरु हुने नाडा अटो सोमा विभिन्न ब्रान्डहरुले नयाँ नयाँ...
इलेक्ट्रिक स्कुटरको मागमा खासै वृद्धि हनु नसके पनि नेपालमा नयाँनयाँ...
चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले संसारकै सबैभन्दा ठुलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...