थन्केर बसेका विद्युतीय सवारीसाधन लुम्बिनी विकास कोषले सञ्चालनमा ल्याउने

लामो समयदेखि थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनका लागि चौतर्फी दबाब र आलोचना हुन थालेपछि लुम्बिनी विकास कोषले सञ्चालनमा अग्रसरता देखाएको छ । 

एडीबीको सहयोगमा लुम्बिनी आएका १९ वटा सवारीसाधनमध्ये केही बिग्रन थालेको छ भने केही विकास कोषले स्वयं प्रयोग गरिरहेको छ । बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रमा अत्याधिक भएको प्रदुषण केही हदसम्म रोक्न भनि ल्याएको बस चार्जिङ स्टेशनमै राखिएको छ ।

लुम्बिनीमा सञ्चालन गर्नका लागि एसियाली विकास बैंकले ३ वर्ष अगाडी पाँचवटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी कार लुम्बिनी विकास कोषलाई अनुदानमा दिएको थियो । ति, साधनहरू सञ्चालन गर्नका लागि चार्जिङ स्टेशनसमेत तयार भइसके पनि सञ्चालनका लागि कार्यविधि नभएकोले अगाडि बढ्न सकेको थिएन ।  

पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयले विद्युतीय सवारीसाधन सञ्चालन गर्नका लागि कार्यविधि बनाउने निर्णय गरेसँगै कोषाध्यक्ष ढुण्डीराज भटराई (सिद्धिचरण)को संयोजकत्वमा बोर्ड सदस्यहरू विश्वराज पौडेल र राजेश शाक्य सदस्य रहेको तीन सदस्यीय कार्यदलसमेत गठन गरेको थियो । गत २१ जेठमा बनाइएको कार्यदलले गाडी सञ्चालन सम्बन्धी कार्यविधि बनाउने र अवस्थालगायतका बारे प्रतिवेदन बनाउने प्रक्रियामा गएपछि सञ्चालनको आश जागेको छ । 

विभिन्न बहानामा लुम्बिनीमा थन्काएर राखिएका १४ वटा विद्युतीय भ्यान र ५ वटा विद्युतीय बस दशैं अघि नै सञ्चालनमा ल्याउने तयारी कार्यदलले गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

विद्युतीय गाडीहरू कोषलाई हस्तान्तरण भए पनि अहिले पनि पर्यटन मन्त्रालयकै नाममा रहेको र यसलाई कोषको नाममा नामसारी गराउने प्रक्रिया पनि अगाडी बढाइएको छ । नम्बर प्लेटको विषयमा टु‌गो लागेको छैन, सेतो नम्बर प्लेटमा सवारीसाधन त भयो अब हरियो नम्बर प्लेट वा कालो नम्बर प्लेटमा राख्ने विषयमा गृहकार्य भइरहेको छ । 

सवारीसाधनहरूको अवस्था बुझ्दा पाँचवटा भ्यान र पाँचवटा बस सञ्चालन योग्य छ भने नाैवटा भ्यानको ब्यट्रीमा समस्या देखिएको छ । 

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ सिंगल चार्जमा ४२५ किलोमिटर चल्ने कियाको इलेक्ट्रिक कार

यस्तो हुनेछ सिंगल चार्जमा ४२५ किलोमिटर चल्ने कियाको इलेक्ट्रिक कार

कियाले चाँडै नै आफ्नो इलेक्ट्रिक कार ईभी६ क्रसओभर भारतमा लन्च गर्ने तयारी...

टाटा इन्ट्रा ईभी पिकअप लन्च, २११ किलोमिटर रेन्ज र १७५० केजी वहन क्षमता

टाटा इन्ट्रा ईभी पिकअप लन्च, २११ किलोमिटर रेन्ज र १७५० केजी वहन क्षमता

टाटा मोटर्सले आफ्नो कमर्सियल भेहिकल डिभिजन क्षेत्रलाई थप सशक्त बनाउँदै...

यस्ता छन् इन्जिनयुक्त पुराना सवारी साधनलाई विद्युतीय सवारीमा परिवर्तन गर्दा हुने चुनौतीहरू

यस्ता छन् इन्जिनयुक्त पुराना सवारी साधनलाई विद्युतीय सवारीमा परिवर्तन गर्दा हुने चुनौतीहरू

इन्जिनयुक्त पुराना सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...