ठूलो आवाज निकाली ध्वनी प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणमा, सूचना दिन आग्रह
काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विगत लामो समयदेखि...
काठमाडौं – दसैंमा घर जाने यात्रुका लागि लामो दुरीका सार्वजनिक यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ खुलाउने चलन छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले असोजको पहिलो साता देखि टिकट बुकिङ खुल्ने बताएका छन् ।
दसैंका लागि १५ दिन अघि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला हुने गर्छ। यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र महासंघको समन्वयमा अग्रिम टिकट बुकिङ खुल्ने गर्छ। कोभिडका कारण दुई वर्ष दसैंमा घर फर्किने कम भए। तर यो पटक भने दसैंमा घर जाने यात्रु बढी हुने अनुमान व्यवसायीहरुको छ ।
ट्राफिक प्रहरी र अन्य विभिन्न निकायले यात्रु सहायता कक्ष समेत स्थापना गर्ने व्यवस्था छ । यसबाट यात्रुहरु ठगिने र अन्य समस्या भएमा गुनासो गर्ने स्थान रहन्छ ।
त्यसैगरी यस पटक अनलाइन टिकटको पनि धेरै नै प्रयोग हुने अनुमान गरिएको छ । अग्रिम टिकट खुल्ने अघिल्लो दिन नै टिकट काट्ने स्थान नयाँ बसपार्क, गौशाला,चावहिल, पुरानो बसपार्क, कोटेश्वर, कलंकी, सुन्धारा लगायतका स्थानमा मध्यरात नै यात्रु लाइनमा बस्नुपर्ने बाध्यता विगतमा थियो। अब भने मोबाइलमार्फत टिकट काट्ने व्यवस्था छ। यसले गर्दा यात्रुहरुले सहज तरिकाले टिकट काट्ने र घर जान पाउने व्यवस्था हुने अनुमान छ ।
यस पटक लामो दुरीका सवारी साधन चल्ने सडकको अवस्था पनि खासै बिग्रेको छैन । अलि अलि बिग्रेको सडक पनि भदौ अन्त्य सम्ममा बनिसक्ने अनुमान गरिएको छ । यसकारण यो पटक दसैंमा घर फर्किने यात्रुले धेरै समस्या भोग्नु नपर्ने अनुमान गरिएको छ ।
दसैंका लागि २० लाख यात्रुले काठमाडौं उपत्यका छाड्छन् भने झण्डै ६० हजार सार्वजनिक यातायात सञ्चालन हुने अनुमान छ।
काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विगत लामो समयदेखि...
काठमाडाैं – नागढुंगा-मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने भएको छ।...
काठमाडौं – पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तहरुको घुइचो लागेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...